एमालेको अवरोधले संसद खुल्ने छाँट नदेखिएपछि यसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १३:१४:२
३२ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जारी संसद अवरोध खुलाउनेबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । संसद नखुल्ने छाँट नदेखिएपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग बुधबार मात्र संसद बैठक सुचारु गराउने सन्दर्भमा पौडेलले आफ्नै कार्यालय शीतलनिवासमा बोलाएर छलफल गरेका थिए ।
त्यसपछि पनि एमालेले संसद गतिरोध अन्त्य गर्ने बारे लचिलो हुने संकेत नदेखाएपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक राख्ने भएका हुन् । बैठक कहिले बोलाउने भन्ने बारे उनले राय लिइरहेका छन् । लामो समय संसद गतिरोध हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत असर पर्ने भन्दै पौडेलले गम्भीरता साथ चासो दिन थालेका हुन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र शेरबहादुर देउवालाई बोलाएर संसद गतिरोध अन्त्यबारे छलफल गरिसकेका छन् । प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संसदको दुवै सदन अवरुद्ध पार्दै आइरहेको छ ।
यही साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसद बैठक अवरुद्ध पार्ने क्रमलाई निरन्तरता दिइरहेको छ । आउँदो भदौ ३ गतेका लागि संसद बैठक बोलाइएको छ । पौडेलले त्यस पहिल्यै सर्वदलीय बैठक बोलाउने तयारी गरेको शीतलनिवासकाे दाबी छ । अहिले संसदमा रहेका दलहरुमध्ये आठ दल सरकारमा छन् । प्रतिपक्षमा एमाले, रास्वपा र राप्रपा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार