दोरम्बा पुगेर प्रधानमन्त्री प्रचण्डले भने- ‘बरु मर्न तयार हुन्छु, शहीदको सपना मर्न दिइन्नँ’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १४:१२:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/prachanda_dorambaa_lXxvxJkwgU_sVRFitqz3m.png)
३२ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रामेछापको दोरम्बा पुगेका छन् । दोरम्बा हत्याकाण्डका २१ शहीदको २०औं स्मतिमा आयोजित कार्यक्रममा सहभागी हुन दोरम्बाको डाँडाकटेरी पुगेका हुन् ।
उनले त्यहाँ निर्मित शहीदहरुको अर्धकदको शालिकमा खादा र माला लगाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै शहीदहरुको बलिदान र सपना मर्न नदिने, बरु आफू मर्ने तयार हुने बताएका छन् । कार्यक्रम दोरम्बा शैल गाउँपालिका समितिले आयोजना गरेको हो ।
उनीसँगै पार्टीका उपमहासचिव जनार्दन शर्मा, बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल पनि पुगेका छन् । उनीहरुले पनि शालिकमा माल्यापर्ण गरेका छन् । प्रचण्ड आजै काठमाडौं फकिँदैछन् ।
तत्कालीन सशस्त्र विद्रोह (जनयुद्ध) चलिरहेको बेला दोस्रो युद्धविरामकै समयमा २०६० साल आजकै दिन दोरम्बामा तत्कालीन नेपाली सेनाले स्थानीयको घरमा जिल्ला र स्थानीय नेताहरु बैठक बसिरहेको बेला जिल्ला जनसरकार प्रमुख डहुका बाबुराम लामा ‘पुष्प’सहित २१ जनालाई निशस्त्र अवस्थामा नियन्त्रणमा लिएर डाँडाकटेरीमा पुर्याइ लाइन लगाएर गोली हानी हत्या गरेका थिए । माओवादीले सोही दिनको स्मरणमा हरेक वर्ष साउन ३२ मा स्मृति दिवस मनाउँदै आइरहेको छ ।
उनी नेतृत्वकै सरकारले केही महिना पहिले मात्र जनयुद्धका क्रममा दोरम्बा हत्याकाण्डसहित सरकार र पार्टी पक्षबाट ज्यान गुमाएका सबैलाई शहीद घोषणा गरिसकेको छ । जनयुद्धकालदेखि पार्टीका नेतृत्वमा रहेका प्रचण्ड हाल पनि नेतृत्वमै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार