सन्दीपविरुद्धको मुद्दाः पीडितको आमाको जन्ममिति सम्बन्धी कागजात मगाउने आदेश
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १४:३०:९
३२ साउन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात मगाउने आदेश दिएको छ ।
बिहीबार न्यायाधीश राजकुमार खतिवडाको इजलासले आमाको नागरिकतासम्बन्धी कागजात मगाउने आदेश दिएका हुन् । मुद्दामा आज अन्तिम सुनुवाइ हुने भनिएको थियो । तर पीडितको आमाको नागरिकता सम्बन्धी कागजपत्र मगाउने आदेश मात्र दिएको छ ।
अदालतले पीडित किशोरीको आमाको जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए ।
पीडित भनिएकी किशोरी र उनकी आमाको उमेर अन्तर ९ वर्ष मात्र फरक देखिएको भन्दै सो विषय यकिन गर्न आमाको जन्ममिति खुल्ने कागजातसहित नागरिकताका सबै कागज मगाउने आदेश भएको हो ।
उक्त कागजपत्र प्राप्तपछि मात्र अन्तिम सुनुवाइ हुने घिमिरेको भनाइ छ । आरोपी लामिछानेलाई नेपालको तर्फबाट एसिया कप खेल्ने टिममा क्यानले नाम समावेश गरेको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार