लम्पी स्कीन लगभग नियन्त्रणमा आएको कृषिमन्त्री भूसालको दाबी
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १५:५:२४
३२ साउन, काठमाडौं । कृषि तथा पशुपंछी मन्त्री बेदुराम भूषालले, पशुमा लाग्ने लम्पी स्कीन रोग निणन्त्रणमा आउन लागेको जिकिर गरेका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री भूसालले, बिस्तारै रोग नियन्त्रण हुँदै गएको भन्दै संकट टरेको दाबी गरेका हुन् ।
उनले भने, ‘अब यो रोगले सङ्कटमा जाँदैन् । नियन्त्रणमा आई सक्नै लागेको छ । गर्मी लाग्दै गर्दा मौसमको कारणले पनि । यसको असर पछि नपरोस् भनेर पनि पूर्व तयारी गर्ने छौं ।’ उनले देशमा पशु सेवा जनशक्ति कम भएको स्वीकार गर्दै पहिलो पटक एक सय ६१ पालीकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको जानकारी दिए ।
उनले भने, ‘हामी तितो सत्यलाई स्वीकार्नु पर्छ । हामीसँग पशु सेवा जनशक्ति कम नै छ । संघीय बजेटमा एक सय ६१ जना माग गरेको छौं । एक सय ६१ पालीकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको छु यो पहिलो पटक हो ।’यस्तो गम्भीर विषयमा हामीसँग बजेट छैन् भनेर मुक्ति नपाउँने भन्दै उनले एक सय ६१ पालीकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको बताए ।
उनले भने, ‘गाईवस्तु पाल्ने गरिब निमुखाको लागि राज्य नउभिने हो भने । उनिहरुको दिन आउँदैन । क्षतिपूर्ति पनि हुनुपर्छ । हल गोरुकै मृत्यु भयो भने केले खेती गर्ने ? मन्त्रालयले केही गर्न सक्ने कि नसक्ने ? सामर्थ्य छैन भने समितिले के गर्नु पर्ने हो ? हामीसँग बजेट छैन् भनेर मुक्ति चाँहि पाईदैन् । ’
पशु चौपायामा देखापरेको लम्पी स्कीनको रोकथामबारे समितिमा भएको छलफलमा अधिकासं सदस्यहरूले रोग रोकथामका लागि सरकारले गरेको प्रयास र क्षतिपूर्तिबारे प्रश्न उठाएका थिए । बैठकमा समितिका सदस्य बिर बहादुर बलायरले, लम्पी स्कीन रोगको रोगथाम र रोगको कारण मृत्यु भएको गाईबस्तुको क्षतिपूर्तिका लागि मन्त्रालयले केही गर्न सक्ने कि नसक्ने भन्दै प्रश्न उठाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार