आङटावासहित १० जनाको मुद्दामा रिट जारी भएन, सबैका मुद्दा एकसाथ राखेर पेशी ताेक्ने आदेश
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १६:१०:१८
३२ साउन, ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्व सांसद आङटावा शेर्पा, निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जना प्रतिवादीहरुको रिट निवेदनमाथि उच्च अदालत पाटनले रिट जारी गर्न अस्वीकार गरेको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशमा मुद्दा पुर्पक्षका लागि जेलमा रहेका मध्ये शेर्पा, पाण्डेसहित १० गते साउन १२ र १७ मा जिल्ला अदालतको आदेश बदरको माग गर्दै रिहाईका लागि दायर गराएका रिट निवेदनमाथि आज न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा भएको सुनुवाइपछि रिट जारी नहुने निर्णय सुनाएको हो ।
अभियुक्त सबैको रिटमा अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंको फैसला, मुद्दाका मिसिल सम्पूर्ण कागजात पेश गर्न आदेश भएको छ । याे सँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका सबै जना थुनामै रहने भएका छन् । रिट निवेदन दिएका सबैका मुद्दा एकसाथ राखेर पेसी ताेक्ने आदेश भएकाे छ ।
अभियुक्तहरू पाण्डे, शेर्पा, नरेन्द्र केसी, सानु भण्डारी, डा. इन्द्रजित राई, हरिभक्त मर्हजन, लक्ष्मी मर्हजन, सन्देश शर्मा, शमशेर मियाँ र गोविन्द चौधरीले फरक फरक मितिमा रिट दायर गराएका थिए ।
जिल्ला अदालतको आदेशमा गएको असार १ गतेदेखि उनीहरूलाई हाल केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागार ललितपुरमा राखिएको छ । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका उडाउने योजनासाथ करिब ८ सय नेपालीसँग जनही ५ लाख रूपैयाँसम्म उठाएर ठगी गरेको आरोपमा प्रहरीकाे प्रतिवेदनले जिल्ला सरकारी वकिलकाे कार्यालय काठमाडाैंले मुद्दा चलाएकाे थियो । मुद्दामा उनीहरुविरुद्ध झण्डै २७ करोड रूपैयाँ बिगो र जरिवाना र कैद सजायको माग गरिएको छ ।
सोही प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी समेत जेल मुद्दा पूर्पक्षका लागि परेका छन् । प्रकरणमा उजुरी पर्ने क्रम अझै जारी रहेको प्रहरीले जनाएको छ । यही मंगलबार मात्र १० जना पीडितले आफूहरूलाई हाल थुनामा रहेका आरोपीहरुले २ करोड भन्दा बडी ठगी गरेको भनी काठमाडौंमा प्रहरीमा उजुरी दिएका छन् ।
सोही प्रकरणमा एमालेका नेता समेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थुनामा रहेका राईका छोरा निरज लगायत ११ जना अझै फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार