प्रदीप गिरीको स्मृतिमा काठमाडौं-बनारस सेतु गाथा यात्रा गरिने
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १६:४६:४२
३२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि बनारससम्म सेतु गाथा अभियान संचालन हुने भएको छ । गिरीको प्रथम स्मृति दिवसको सन्दर्भ पारेर यही भदौ २ गतेदेखि ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ अभियान संचालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा स्वर्गीय प्रदीप गिरीका अनुयायी राम पल्टन साहले भदौ २ गते काठमाडौंको पशुपतिनाथबाट विशेष कार्यक्रमका बीच पुजा अर्चनासहित सुरु हुने यात्रा स्वर्गीय प्रदिप गिरीको अस्तुसहित सुरु हुने यात्रा त्यो दिन हेटौडा पुग्ने जानकारी दिए । उनले तीन गने बेलुका बनारस पुग्ने र चार गते विधि पुर्वक गंगामा अस्तु विर्सजन गर्ने कार्यक्रम रहेको बताए ।
उनले नेपाल र भारतको विभिन्न आन्दोलन र जन जनमा रहेको सम्बन्धको सेतु जस्तै एक अर्काको सम्बन्ध प्रगाढ बनाउन स्वर्गीय गिरीले खेल्नु भएको भूमिकालाई समेत स्मरण गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । स्व. गिरीका शिष्य मन्दी भारतीले प्रदिप समाजवादी चिन्तक, लोकतान्त्रिक चेतनाले भरिपूर्ण व्यक्ति रहेको भन्दै उनको सम्झनामा यो अभियान चलाउन लागिएको बताए ।
यस्तै प्रदिपको भाई शेखर गीरिले प्रदिप सिमान्तकृत दलित, महिला र जनजातीको हकहितको लागि सधैँ आवाज उठाउँने व्यक्ति भएको भन्दै आफ्नो पुरातन संस्कृतिहरुलाई बचाउँने पक्षमा पनि लाग्ने गरेको स्मरण गरे । उनले प्रदिप गिरी विचारको कुरामा हिमनदी जस्तै सधैँ बगिरहने विचार बोकेर हिन्ने व्यक्तित्व रहेको बताए ।
यस्तै साहित्यकार धिरेन्द्र प्रमर्सीले पनि प्रदिपको प्रशंसा गर्दै उनले देखाएको विचार र उनको विचार लिएर अगाडि बढ्नु पर्ने आवश्यकता औँल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार