डुङ्गा दुर्घटनामा ६३ भन्दा बढीको मृत्यु भएको आशंका
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १६:५९:३९
३२ साउन, प्रिया । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।
गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए । तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन्भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले गिनी–बिसाउका एक नागरिक सहित ३८ जनालाई डुङ्गाबाट उद्धार गरिएको बताएको छ ।
सेनेगलबाट केप भर्डेतर्फ आइरहेको आप्रवासी चढेको डुङ्गा पल्टिँदा त्यसमा सवार ६३ जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको आईओएमले आज एक विज्ञप्ति निकालेर बताएको छ । दुर्घटनामा ज्यान गुमाएका आप्रवासी स्पेन हुँदै युरोपका विभिन्न देशमा शरण लिन घरबाट निस्केका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
हमास नेता सिनवारको मृत्यु भएको इजरायलको पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रूसी आक्रमणमा दश सिरियालीको मृत्यु
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, कास्की पठाइदिन काठमाडौं प्रहरी र सीआइबीलाई पत्राचार
कात्तिक २, २०८१ शुक्रबार
सयपत्री फूल खेती
कात्तिक २, २०८१ शुक्रबार
गौशाला धर्मशाला विवादमा उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश, दुबै पक्ष झिकाउने
कात्तिक २, २०८१ शुक्रबार
अन्नपूर्णले गर्यो पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी
कात्तिक २, २०८१ शुक्रबार
तीन करोडको लगातमा महाशिलामा आश्रम भवन निर्माण
कात्तिक २, २०८१ शुक्रबार
पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार