विप्लवको सीसी बैठकमा पुरानै नारा, एमसीसी खारेज अभियान चलाउने निर्णय
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १७:२२:१५
३२ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति (सीसी)को बैठकमा माओवादीको नारा लागेको छ । कपिलवस्तु शिवगढी स्थित पार्टीको मुख्यालयमा बुधबार सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकको समापन गर्ने क्रममा पार्टीका स्थायी समिति सदस्यबाटै यस्तो ‘नेकपा (माओवादी)’ नारा लगाइएको हो ।
समापन गर्ने क्रममा हलमा रहेका सबै नेताहरू उठेर मुठ्ठी कस्दै नारा लगाउन सुरु गरे । मूल नारा लगाउने काम स्थायी समिति सदस्य सन्तोष बुढा ‘विषम’ले गरेका थिए भने बाँकीले साथ दिएका थिए ।
नारा लगाउँदै जाँदा बुढाले ‘नेकपा (माओवादी) जिन्दावाद’ भनेपछि हलमा हाँसो भएको चलेको थियो । वर्तमान सरकारका प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ देखि २०६३ सम्म सशस्त्र संघर्ष गरेको थियो ।
पछि २०६३ मंसिर ५ मा नेपाली कांग्रेसको तत्कालीन गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारसँग विस्तृत शान्ति–सम्झौता गरेपछि पार्टी शान्ति प्रक्रियामा प्रवेश भयो । प्रवेशपछि पार्टी नेतृत्व अर्थात प्रचण्ड संसदीय भासमा फसेको भन्दै असन्तुष्ट बनेका विप्लवले उनी नेतृत्वको नेकपा (माओवादी) पुनर्गठन गर्दै पछिल्लो चरणमा नेकपा बनाएका छन् । विप्लव अहिले नेकपाका महासचिव छन् । २०७३ मा नेकपा बनेयता महासचिवमा उनको यो दोस्रो कार्यकाल हो ।
उनले तत्कालीन नेकपा (माओवादी) नामलाई प्रचण्डले बदनाम र दुषित बनाएको र नाम समेत उच्चारण गर्न नसकिने अवस्थमा पुर्याइएको भन्दै नेकपा गठन भएको प्रष्टीकरण पार्टीका आन्तरिक बैठकहरूमा दिँदै आइरहेका छन् । प्रचण्डले पनि नेकपा (माओवादी) नामले सशस्त्र युद्धकै झल्को दिइरहने भएकाले शान्ति प्रक्रिया आएपछि नाम फेर्ने मान्यतामा पछिल्लो चरणमा नेकपा (माओवादी केन्द्र) अर्थात नेकपा (माके) बनाएका छन् । माकेले सरकारको नेतृत्व गरिरहेको छ ।
तर, विप्लवको सीसी बैठकमा भने उनीपछि तेस्रो तहका नेता बुढाले पुरानै पार्टी नेकपा (माओवादी) नारा लगाएर बैठकको अन्तिम विन्दुमा नेतृत्व र सहयोद्धाहरुलाई रणभुल्लमा पारिदिएका छन् । नारा अन्तै पुगेपछि उनले नाराकै बीचमा ‘ए सरी, के रे’ भन्दै सच्याउने कोशिस गरे । त्यतिन्जेलसम्म पनि हलमा हाँसो रोकिएको थिएन ।
बैठकले राजनीतिक विषयमा विभिन्न निर्णय लिँदै मुलुकभित्र कार्यान्वयन सुरु भएको एमसीसी परियोजना खारेजी अभियान सशक्त रुपमा संचालन गर्ने निर्णय गरेको छ । साथै सिंगो पार्टी पंक्तिलाई उत्पादन र श्रम अभियानमा लगाउने निर्णय गरेको छ ।
नेकपा मुलुकमा संसदीय व्यवस्था असफल भइसकेको ठहर गर्दै समाजवादी व्यवस्था स्थापनाका लागि राजनीतिक गतिविधि संचालन गरिरहेको छ । संसदीय चुनावले राजनीतिक निकास नदिने निष्कर्षसहित २०७० देखि नै सरकारले गर्ने हरेक चुनाव बहिष्कार र अधिकार र स्वाधीनताका लागि आवश्यक परे बन्दुक उठाउने दस्तावेज बाेकेर कालो बजारिया, दलाल, भ्रष्टाचारीलाई कालोमोसो दल्ने र भाटे कारवाही संचालन गर्दै आइरहेको नेकपा गत वर्ष वैशाखमा भएको स्थानीय निर्वाचनमा भाग लिएर क्रमशः संसदीय भासमा आउने क्रम जारी राखेको छ । पछिल्लो चरणमा नेकपा संसदीय दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपासँग मिलेर समाजवादी मोर्चा नेपाल समेत गठन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार