लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन नसकिने कृषिमन्त्रीकाे प्रष्टोक्ति
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १७:५९:४७
३२ साउन, काठमाडौं । कृषि मन्त्री वेदुराम भुसालले सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले यस्तो बताएका हुन् । उनले पीडित किसानलाई राहतसम्म दिन सकिने बताए । त्यसनिम्ति कार्यविधि बनाउने काम भइरहेको जानकारी दिए । बैठकमा क्षतिपूर्ति दिन संभव नै नरहेको उनको प्रष्टोक्ति थियो ।
बैठकमा उनले लम्पीस्किन रोग संक्रमणबाट मुलुकमा अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको र हालसम्म राँगा, भैंसी, गाई र गोरु समेत गरी ४७ हजार ६४९ पशु मरेको जानकारी दिए । एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित अवस्थामा रहेको बताए ।
उनले रोगविरुद्ध लगाउने खोप तान्जानिया, टर्की र जोर्डनबाट आयात भइरहेको जानकारी दिए । अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आएको र ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइसकिएको बताए ।
लम्पी स्किनका कारण सयौं किसानका गोठ नै खाली भएको अवस्था छ । गोरु बिरामी पर्ने र मर्ने घटनाकै कारण पहाडी जिल्लामा धेरै किसानले खेत खनेरै धान रोपाइँ गरेका थिए ।
पीडित किसानहरुले भने चौपायामा ठूलो क्षति हुँदा समेत सरकारले केही नहेरेको भन्दै गुनासो गर्दै आइरहेका छन् । सरकारले बेलैमा औषधि मात्रै दिएको भए आफूहरुल े क्षति व्यहोर्न नपर्ने उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार