प्लेन कारमा ठोक्किदा मलेसियामा सांसदसहित १० को मृत्यु
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार ८:५५:२६
१ भदौ क्वालालम्पुर । मलेसियाको सेलाङ्गोरमा एउटा विमान सडक दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी हालसम्म कुल दश जनाको मृत्यु भएको छ ।
सडकमा भएको विमान दुर्घटनाका तस्विर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्, जुन निकै डरलाग्दो छन् ।
मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दुर्घटनामा विमानमा ८ जनाको मृत्यु भएको र विमानको ठक्करबाट कार चालक र मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको हो ।
प्राधिकरणका अनुसार दुई चालक दलका सदस्य र ६ जना यात्रु बोकेको एउटा सानो विमान मलेसियाको सेलान्गोर राज्यको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । जानकारी अनुसार विमान सडकमा रहेको एउटा कारसँग ठोक्किएको हो ।
प्राधिकरणका प्रमुख नोर्जमान महमुदले विमान लङ्कावीको उत्तरी रिसोर्ट टापुबाट उडेको र राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ आउदै गरेको थियो ।
द गार्डियनका अनुसार दुर्घटनाग्रस्त विमान जेट भ्यालेटले सञ्चालन गरेको थियो। यससँगै दुर्घटनामा मृत्यु हुनेमा पहाङका एक प्रदेश सभाका सांसद र एक उड्डयन कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार