पैदलबाटै देश घुम्न निस्केका पाध्या अर्घाखाँची पुगे
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार ९:४:५८
३२ साउन, अर्घाखाँची । नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्किएका कैलालीका देवराज पाध्या अर्घाखाँची आईपुगेका छन् । पैदलयात्रा शुरु गरेको १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आइपुगेकाे हुन् । अर्घाखाँची हुँदै भोली प्युठान पुग्ने पाध्याले बताए ।
बाजुरा जन्मिई हाल कैलाली स्थाई घर भएका ३७ पाध्या अर्घाखाँची सहित ७० जिल्ला पुगिसकेको बताए । 'आफ्नै खुट्टाले नेपाल घुम्ने मन लाग्यो,' पाध्याले भने 'कति दिनमा देश घुमिँदो रहेछ भन्ने जान्न मन लागेपछि यात्रा शुरु गरेको हुँ ।'
यसभन्दा अघि ७७ जिल्ला घुम्ने पैदलयात्रीको विययमा जानकारी नभएको पाध्याले बताए । 'साईकल र गाडीमा हिड्नेहरु भए पनि पैदलयात्रीको विषयमा मलाई जानकारी छैन,' पाध्याले भने ।
यात्रा शुरु गर्नुपुर्व कैलालीमा रहेको गौरिगंगा नगरपालिकालाई आफ्नो यात्राको विषयमा जानकारी दिएकोमा नगरपालिकाले २० हजार रुपैयाँ आफ्नो खातामा राखिदिएको उनले बताए । छिटफुट ५/७ सय सहयोग आउने गरेको भएपनि हालसम्म सरकारी स्तरबाट कुनै सहयोग नभएको पाध्याले बताए ।
भ्रमणको क्रममा स्थानियहरुको राम्रो साथ पाएको पाध्याको भनाई छ । 'कतैपनि असहज, अप्ठ्यारो महशुश गर्नुपरेको छैन,' उनले भने, 'लुटपाट तथा कुटपिटको अनुभव समेत गर्नुपरेको छैन ।'
साँझ जहाँ पुगिन्छ, त्यहीबाट अर्को दिनको यात्रा शुरु गर्ने गरेको उनले जानकारी दिए । 'खोटाङमा बास पाईन, सोलु सल्लेरी, धादिङमा बास पाईन,' पाध्याले भने 'अन्यत्र राम्रो प्रतिक्रिया पाएको छु ।'
अब प्युठान, रोल्पा, दाङ, बाँके बर्दिया, कैलाली र कन्चनपुर सहित सात जिल्ला बाँकी रहेको पाध्याले बताए । अझै बिस दिनमा सक्ने अनुमान गरेका पाध्याले समापन भने कन्चनपुर जिल्लाबाट गर्ने सोच बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार