सुनका मालिक : साझेदारबारे प्रहरी अझै अनभिज्ञ, चिनियाँलाई केन्द्रमा राखेर अनुसन्धान
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार ९:१९:४०
१ भदौ, काठमाडौं । पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिएको ६० किलोभन्दा बढी सुनको मालिकबारे अहिलेसम्म अत्तोपत्तो छैन । प्रहरी र राजश्व अनुसन्धान विभागले तस्करी प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ गरे पनि मुख्य मालिक वा साझेदार भने पत्ता लाग्न सकेको छैन ।
सरकारले राजश्व अनुसन्धान विभागबाट खोसेर अन्तरदेशीय संगठित अपराधको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएपनि मुख्य मालिक र सुनको साझेदार बारे पत्ता लगाउन नसकेको हो ।
सीआईबीले टेक्निकल (प्राविधिक) पक्षलाई केन्द्रमा राखेर गरेको अनुसन्धानको क्रममा बुधबार मात्रै काठमाडौं उपत्यकाबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए भने त्यसअघि तीन जना पक्राउ परेका थिए । बुधबार पक्राउ पर्नेहरूमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई छन्।
उनीहरू पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको हो । यसअघि २३ जनालाई सीआईबी र राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । चिनियाँ नागरिकहरू मात्रै पक्राउ पर्दा सुन कहाँ जान लागेको हो, नेपालबाट कता जान्छ भन्ने स्पष्ट छैन । यद्यपि प्रहरीले सो सुन भारत नै जान्छ भन्ने अनुमानका साथ भारतीय प्रहरीसँग समन्वय गर्दै अनुसन्धान गरेको छ ।
अनुसन्धानको क्रममा साउन २९ गते मात्रै दुई पुरुष र १ महिला गरी ३ जना चिनियाँ नागरिकलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । त्यति बेला गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए । उनीहरूबाट ३१ लाख रूपैयाँ समेत बरामद भएको थियो । यसअघि साउन २६ गते सीआईबीकै टोलीले चिनियाँ नागरिकको सहयोगी भन्दै दुई नेपाली महिला र एक चिनियाँ महिला थिए । उनीहरूको विवरण पनि सीआईबीले गोप्य राखेको छ । उनीहरूलाई हाजिर जमानीमा छाडेको र खोजेको बेला उपस्थित सर्त रहेको छ ।
विभागले सुन बरामद गरेको भोलिपल्टै चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते लिन चुनावलाई पक्राउ गरेको थियो । योसँगै सुन प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको संख्या ९ पुगेको छ । तर उनीहरूको भूमिका सुन व्यवस्थापन गर्ने हो कि लगानीकर्ता हुन कि भन्ने चाहि खुलेको छैन । पक्राउ परेका ‘ ९ जना चिनियाँ नागरिक रहेको खुलेपछि यो प्रकरणमा चिनियाँ कै भूमिका रहेको देखिन्छ तर उनीहरू लगानीकर्ता हुन कि हैनन् भन्ने चाहि खुलेको छैन’, प्रहरी स्रोतले भन्यो ।
सुरुवाती क्रममा नेपाली नागरिक र तिब्बतीयन मुलका एक भारतीय पक्राउ परेकाले नेपाली भारतीयको संलग्नतामा तस्करी भएको हुनसक्ने आशंका सहितको अनुसन्धान पनि जारी रहेको छ । प्रहरीले सुन तस्करीको विषयलाई लिएर इन्टरपोलको सहयोग पनि मागेको छ । ‘चिनिया र भारतीय दुवै प्रहरीको सहयोगका साथै दुबई प्रहरी र इन्टरपोलको सहयोग मागेको हो’, प्रहरी स्रोतले भन्यो । हाल सीआईबीको हिरासतमा चिनियाँ बाहेक पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् बाँकी सबै नेपाली नागरिक छन् । पक्राउ परेका नेपालीहरूको भूमिका भने खास ठूलो छैन । सुन बरामद भएकै रात साउन २ गते राजश्वको टोलीले ६ जनालाई पक्राउ गरेको थियाे।
भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा ट्याक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो । लामा बा २ ज २३२४ नम्बरको ट्याक्सी चालक हुन् । उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो । तर उनी सामान्य चालकमात्रै रहेको र उनको ट्याक्सी मात्रै प्रयोग भएको प्रहरीको दावी छ । उनीसँगै सुन आएको रेडी ट्रेडका सञ्चालक दोलखा घर भइ काठमाडौं बस्दै आएका २१ वर्षीय दिलीप भुजेल पनि पक्राउ परेका थिए ।
भुजेलको रेडी ट्रेडमार्फत् स्कुटरको ब्रेक सुको रुपमा उक्त सुन भित्रिएको थियो । उनले त्यो सामान दिने मात्रै काम भएकाले त्यसका उनको पनि खास ठूलो भूमिका नभएको प्रहरीले जनाएको छ । त्यसै गरी दोलखा मेलुङ गाउँपालिका–३ घर भइ काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई पनि पक्राउ परेका छन् । तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भइ हाल काठमाडौंको पानी पोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई गरी ६ जना पक्राउ परेका छन् । थुप्तेन छिरिङको भूमिका शंकास्पद रहेको छ । उनी तिब्बती शरणार्थी भएको र भारतीय नागरिक समेत भएकाले पनि उनको भुमिकाबारे प्रहरी गहिरो अनुसन्धानमा लागेको छ ।
सुन बरामदको घटना सार्वजनिक भएपछि चीन भाग्न लाग्दा साउन ४ गते विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवान पक्राउ परेका थिए । साउन ४ गते राति नै राजश्वको टोलीले तीन जना कार्गो कम्पनीको सञ्चालकहरू राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्टलाई पक्राउ गरेको थियो । उनीहरू कार्गो व्यवशायी मात्रै देखिएका छन् । साउन ७ गते ३ भन्सार कर्मचारी र ३ भन्सार एजेन्ट पनि पक्राउ परेका छन् । विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी पक्राउ परेका त्यसै गरी भन्सार एजेन्टहरू सुदर्शन गौतम, रुक्मणी सुब्बा र यादव पराजुली पक्राउ परेका छ्न ।
जसमध्ये सुब्बा विरामी भएकाले उनलाई आफन्तको जिम्मा लगाइएको छ । साउन १० गते नुवाकोट घर भएका सुरेन्द्र तामाङ पक्राउ परका थिए । साउन १४ गते भने राजश्वको टोलीले ठमेलस्थित भियना होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको थियो । उनीहरूको सबै विवरण खोजेर प्रहरीले अनुसन्धान शुरु गरिरहेको छ । सीआईबीले एसपी सञ्जयसिंह भण्डारीको नेतृत्वमा अनुसन्धान टोली बनाएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेकाहरूको मोबाइल तथा सीमकार्ड, त्यसमा आएको फोनकल तथा म्यासेजको विवरणहरू, टेक्निकल एनालाइसिस र फम्र्याट तथा डिलेट भएका विवरणहरूको रिकभर गरेर अनुसन्धान गर्ने काम सीआईबीले गरिरहेको छ । तरपनि मुख्य लगानीकर्ता, सहजकर्तालाई भेट्न सकिरहेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार