पाकिस्तान २१ चर्चमा आक्रमण, अहिलेसम्म १३५ जना पक्राउ [ फोटो फिचर ]
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार ९:२५:५०
१ भदौ, इस्लामबाद, । पञ्जाब प्रान्तको किस्तानका २१ वटा गिर्जाघरमा भीडले आक्रमण गरेको आरोपमा १३५ जनालाई पक्राउ गरिएको छ ।
सरकारले बिहीबार दंगाको उच्च स्तरीय छानबिनको आदेश दिइसकेको छ भने क्षतिग्रस्त सबै गिर्जाघर र अल्पसंख्यक इसाईहरूको घरहरू मर्मत गर्ने वाचा गरेको थियो।
लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसलाबाद जिल्लाको जरनवाला सहरमा ईश निन्दाको आरोपमा बुधबार आक्रोशित भीडले २१ गिर्जाघर र इसाई धर्मावलम्बीका धेरै घरमा तोडफोड र आगजनी गरेका छन् । अर्कोतर्फ क्रिश्चियन समुदायले बिहीबार विरोध प्रदर्शन गरेका छन् ।
पञ्जाबका कार्यवाहक सूचना मन्त्री अमिर मिरले बिहीबार भने कि आतंकवाद र ईश्वर निन्दाको आरोपमा ६०० संदिग्धहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ। पञ्जाब प्रहरीले यस मामिलामा १ सय ३५ बदमाशलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा कट्टरपन्थी समूह तेहरिक ए लब्बैक पाकिस्तानका सदस्यहरू पनि थिए।
मिरले भने कि यस क्षेत्रमा शान्ति पुनर्स्थापित भएको छ र प्रहरी र रेन्जरहरूको ठूलो फौज गिर्जाघर र अल्पसंख्यक इसाई समुदायका घर बाहिर तैनाथ गरिएको छ। उनले विभिन्न भवनमा क्षति पु¥याउने प्रयासलाई प्रहरीले असफल बनाएको बताए ।
उनले यस विषयमा मुख्यमन्त्रीले उच्चस्तरीय छानबिन गर्न आदेश दिएको र यस जघन्य अपराधमा संलग्न व्यक्ति न्यायबाट उम्किन नसक्ने बताए ।
यसैबीच, पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले तीनदेखि चार दिनभित्र अल्पसंख्यक क्रिश्चियन समुदायका सबै चर्च र घरहरू पुनर्स्थापित गर्ने वाचा गरे, जुन भीडले आक्रमण गरी जलाएको थियो।
जारनवालामा सात दिनका लागि धारा १४४ लागू गरी सरकारी कार्यक्रमबाहेक सबै प्रकारका जमघटमा रोक लगाइएको छ । बिहीबार जरानवालाका सबै शैक्षिक संस्था, बजार र व्यापारिक प्रतिष्ठान बन्द रहे ।
अर्कोतर्फ, फैसलाबादका क्रिश्चियन समुदायका नेताहरूले बिहीबार जरानवालामा उनीहरूको पवित्र स्थान र घरहरूमा भएको क्षतिको आंकलन गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार