घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार ११:४४:१३
१ भदौ, दाङ । दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने गरेको छ । वडाभित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक महिना घरमै पुगेर उपचार गर्ने गरिएको हो ।
बिरामी भएका बेला घरमै पुगेर निःशुल्क उपचार तथा औषधि प्रदान गर्ने गरिएको जनाउँदै दीर्घ रोगीले खाने औषधिकोसमेत बिलका आधारमा पैसा दिने गरिएको वडाध्यक्ष सुनिल वलीले बताए ।
“कोही हिँडडुल गर्न सक्नुहुन्न, कसैको आर्थिक अवस्था कमजोर छ”, उनले भने, “यही कारणले कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर हामीले घरमै गएर सेवा दिन सुरु गरेका हौँ ।” उनका अनुसार हाल वडामा रहेका चार सय ४२ ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन् भने ५७ जना दीर्घरोगीले बिलका आधारमा सेवा पाइरहेका छन् ।
वैशाख ४ गतेदेखि वडाभित्र रहेका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएकाको स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्यकर्मी खटाएर यो अभियान सञ्चालन गरिरहेको छ । साथै सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका औषधि बाघमारे स्वास्थ्यचौकीबाट वितरण गरिँदै आइएको वडाध्यक्ष वलीले जानकारी दिए ।
घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । बिरामीले फोन गरेको अवस्थामा २४ सै घन्टा सेवा सञ्चालन गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य सहजकर्तासमेत परिचालन गरिएको वडा कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार