प्राधिकरणको वार्षिकोत्सवमा प्रधानमन्त्रीले भने- ‘कतिपयले लोडसेडिङ अन्त्य भए खुलामञ्चमा आत्महत्या गर्छु समेत भने’
विद्युत आन्तरिक खपत प्राथमिकतामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १२:३:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/prachanda_nea_gb1rBHJDrB_v8b0cnPoFw.png)
१ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मुलुकमा लोडसेडिङको अन्त्य हुनुमा नेपाल विद्युत प्राधिरकणले सक्षम नेतृत्व पाउनु नै प्रमुख कारण रहेको बताएका छन् ।
विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिको रुपमा बोल्दै प्रधानमन्त्री प्रचण्डले २०७३ मा दैनिक १८ घण्टासम्म लोडसेडिङ रहेको र त्यसलाई अन्त्य गर्न कुलमान घिसिङको कुशल र इमान्दारी मेहनतका कारण संभव भएको बताए ।
प्राधिकरण सरकारले देशभित्र आफ्नै लगानीमा ठूला (मेगा) विद्युत आयोजना निर्माण गर्न सक्दो मेहनत गरिरहेको बताए । विद्युत उत्पादन, व्यापार र निर्यातका लागि आवश्यक कानून बनाउन सरकार कटिवद्ध रहेको उनले बताए ।
उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा (२०७३)मा मुलुकमा ४० प्रतिशत नागरिक बिजुलीबाट वञ्चित रहेको र पहुँच पुगेकाहरु पनि दैनिक १८ घण्टासम्म अन्तर खेप्नु परेको पीडा आज हटेको देख्दा प्राधिकरणप्रति आभार रहेको बताए ।
उनले भने, ‘त्यो बेला कतिपयले लोडसेडिङ अन्त्य भएमा खुलामञ्चमा आत्महत्या गर्छु भन्ने मान्छे समेत देखिए । तर तिनलाई मर्न नदिई मुलुकबाट लोडसेडिङ अन्त्य भयो । यसमा प्राधिकरण नेतृत्व र सिंगो टिमलाई धन्यवाद दिन चाहन्छु ।’लोडसेडिङ अन्त्य गर्ने कुरालाई केही समूहले मजाकमा उडाएकाे समेत उनले स्मरण गरे ।
उनले सरकारकै पहलमा कर्णाली चिसापानी जस्तो १० मेगावाट क्षमताकाे बिजुली उत्पादन गर्ने आयाेजनाका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिए । आफू विद्युत क्षेत्रमा मेगा आयोजना बनाउने र हजारौं मेगावाट बिजुली विदेशमा बिक्री गरेर मुलुकको व्यापार घाटा कम गर्ने योजनासाथ अगाडि बढिरहेको बताए ।
बिजुली उत्पादनमा सरकार कटिवद्ध रहेको र यसमा प्राधिकरण आफ्नो काममा निर्भिक भएर अगाडि बढ्न पनि उनले निर्देशन दिए ।
उनले केही समयपहिले भएको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग वार्षिक १ अजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता नेपाली बिजुली बजारका लागि कोशे ढुंगो भएको र बिजुली निर्यातबारे सम्बन्धित विभागीय स्तरमा सम्झौता हुने क्रम चलिरहेको बताए । बिजुली खपत मुख्य रुपमा आन्तरिक हुने, त्यसपछि मात्र निर्यात गरिने उनले स्पष्ट पारे ।
अहिले त्यो कुरा सम्झिँदा अचम्म लागेर आउने उनको भनाइ थियो । प्रचण्ड तत्कालीन प्रधानमन्त्री हुँदा उनका पार्टी जनार्दन शर्मा उर्जामन्त्री थिए । मन्त्री शर्माले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएकै वर्ष तिहारबाट काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएर लोडेसेडिङ अन्त्य गरेका हुन् । कुलमानले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुलुकका ९८ प्रतिशत नागरिकमा बिजुली पुगेको उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार