गरिबले निशुल्क उपचार नपाइरहेको अवस्थामा मैले सरकारबाट खर्च लिन मिल्दैनः कानुनमन्त्री गुरुङ
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १४:२८:११
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारबाट उपचार खर्च नलिने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनले आयोजना गरेको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा उपचार खर्चको विषय उठाउँदै गुरुङले आफूले यस्तो खर्च नलिने बताए ।
उनले आफू उपचार सकेर फर्केपछि सरकारी अधिकारीले उपचार खर्च लिन सुझाव दिएपनि सरकारी खर्च नलिने निर्णयमा पुगेको बताए । गुरुङ साउन २५ मा उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि भर्ना भएका थिए । तीन दिनको उपचारपछि गुरुङ डिस्चार्ज भएका थिए ।
उपचारपछि सरकारी कर्मचारीले आफूलाई दिएको सल्लाहबारे गुरुङले भने,‘उपचारमा त ठूलै खर्च भयो होला । तपाई आफैं मन्त्री हुनुहुन्छ । मन्त्रिपरिषदबाट खर्च लिँदा भैहाल्छ नि भन्ने सुझावहरू आए ।’ जबसम्म गरिब भन्दा गरिब नेपालीहरूलाई निःशुल्क उपचार गर्न सक्दैन तबसम्म राज्यकोषबाट एक रूपैयाँ पनि उपचार खर्च नलिने उनले बताए ।
उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरुरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताए । गुरुङले सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको समेत बताए ।
बजारमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने उनको भनाइ छ । उनले भ्रष्टाचारको लिंग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडि बढ्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार