दलका मान्छे आउने जाने क्रम चलिरहन्छ, कर्मचारीले इमान र कर्तव्य छाड्न हुँदैनः देउवा
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १४:३१:१
१ भदौ, काठमाडौं । सरकारका मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउन सबैले इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले कर्मचारी भनेको स्थायी सरकार भएको बताउँदै राजनीतिक दलका मान्छे आउने जाने क्रम चलिरहने बताए । उनले स्थायी कर्मचारीहरू मिलेर देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए । उनले सरकारले लिएको सुशासनका नीतिका कारण सबै पार्टीहरू प्रजातान्त्रिक र संविधानअनुसार चल्न थालेको बताए ।
उनले सरकार पनि अस्थायी भएको बताए । सरकार परिवर्तन भइरहे पनि कर्मचारीले इमान र कर्तव्य छाड्न नहुने उनको भनाइ थियो । स्थायी सरकार सशक्त भए मात्र सरकारले काममा परिणाम निकाल्न सक्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कर्मचारी युनियनहरू अधिकारका गठन भएपनि जनता र देशको सेवामा चुक्न नहुने बताए । लोकतन्त्रमा कर्मचारीको अधिकार कसैले खोस्न नसक्ने भन्दै नाम जे राखेपनि संविधान र कानुनले सबैलाई एक ठाउँमा राखेको बताए ।
‘हरेक कर्मचारीले मिलेर देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ । कोभिडबाट बल्ल बल्ल छुटकरा पाएको छ देशले । अहिले डेंगी आइरहेको छ । सबै कुरालाई ध्यानमा राखेर सरकार, कर्मचारी, राजनीतिक दल अघि बढ्नुपर्छ’ उनले भने । वर्तमान मन्त्रिपरिषदमा रहेका २५ मध्ये कांग्रेसले अर्थसहित ८ मन्त्रालय सम्हालिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार