अर्थ मन्त्रालयका कारण रोकियो नलगाडका ५०० घरको मुआब्जा
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १४:५९:८
१ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट नलगाड जलविद्युत् आयोजना क्षेत्रका घरको मुआब्जा दिने विषयमा ह्रास कट्टीको विषयमा सहमति नदिँदा काममा बिलम्ब हुँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेकाे तर सहमति नदिँदा मुआब्जा वितरणकाे काम ३ वर्षदेखि हुन सकेकाे छैन ।
तीन वर्ष अगाडिदेखि आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिने भनिए पनि अर्थ मन्त्रालयको ह्रासकट्टीमा सहमति नदिँदा घरको मुआब्जा वितरणमा ढिलाइ भएको नलगाड सरोकार समितिका संयोजक तथा पुर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।
पाँच सय तीन घरको झण्डै रु ९० करोड बराबरको रकम आयोजनाले स्थानीयलाई उपलब्ध गराउनुपर्ने भए पनि ह्रास कट्टी गर्ने कि नगर्ने भन्ने विषयमा अर्थ मन्त्रालय र उर्जा मन्त्रालयको बीचमा सहमति हुन नसक्दा सो कार्य तीन वर्ष देखि रोकिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी मुआब्जा दिन अर्थ मन्त्रालय समक्ष सहमति माग गरिएकामा अर्थले अस्वीकार गर्दा पहिलो पटक मुआब्जा बितरणको काम रोकिएको थियो ।
दोस्रो पटक ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयसँग ह्रासकट्टी नगरी मुआब्जा दिन सहमति मागेपनि अर्थले कुनैपनि जवाफ नदिएका कारण घरको मुआब्जाको विषय रोकिएको छ । ह्रास कट्टी गरेमा सुरुको घरको मुल्यभन्दा घटेको मूल्य नलगाड र बारेकोटवासीले पाउनेछन् । यदि ह्रासकट्टी नगरेमा घरधनीले सुरुकै मूल्य पाउनेछन् ।
नलगाड नगरपालिकाभित्रका वडा नं २, ५, ७ र ८ तथा बारेकोट गाउँपालिकाका–१, २, ५, ६, ७, ८ र ९ का सर्वसाधारण आयोजनाबाट प्रभावित हुनेछन् । आयोजनाले एक हजार पाँच सय ९० मिटर उचाइसम्मको घरको मात्र मुआब्जा दिनका लागि विवरण तयार गरेको छ । सो उचाइसम्म जम्मा पाँच सय तीन घरधुरी छन् । परामर्शदाताले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टले एक हजार एक सय ७२ घरधुरी प्रभावित हुने औंल्याएको छ ।
आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणले पुर्ख्यौली थलो सबै छाडेर जानुपर्ने अवस्थामा ह्रासकट्टी नगरी मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् । यो विषयमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय बीचमा पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । आयोजना प्रभावित क्षेत्रमा नयाँनयाँ घर निर्माण कार्यसमेत जारी रहेको छ । कसैले पनि सो ठाउँमा घर निर्माण नगर्न अनुरोधसमेत गरेको छैन । यो विषयलेसमेत मुआब्जा वितरण गर्दा विवाद सिर्जना हुने देखिएको छ ।
जग्गाको मुआब्जा भने आयोजनाले वितरण गरिसकिएको छ । सात वर्ष लगाएर डिपिआरको काम पूरा भए पनि डिपिआर स्वीकृत हुने क्रममा रहेको छ । आयोजनाको सडक तथा अन्य संरचना निर्माण गर्नका लागि छ सय २९ दशमलव ७९ हेक्टर जग्गा आवश्यकपर्ने जनाइएको छ । त्यसमा निजी स्वामित्वको चार सय ३१ दशमलव ८७ हेक्टर र सरकारी वन क्षेत्र एक सय ९७ दशमलव ९२ हेक्टर जमिन प्रयोग हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार