सर्वोच्चको आदेशले पनि दुई पूर्व प्रधानमन्त्री र तीन मन्त्रीसम्म पुग्न सकेन सीआईबी, आइतबार प्रतिवेदन बुझाइने
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १६:१८:४३
१ भदौ, काठमाडौं । ललितानिवास प्रकरणमा सर्वोच्च अदालतको आदेशलाई अवज्ञा गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी) ले मुख्य पाँच पात्रको बयान विनै सरकारी वकिलको कार्यालयमा छानविन प्रतिवेदन बुझाउने भएको छ । पछिल्लो पटक थप गरिएको म्याद सकिएकाले सीआईबीले आइतबार ललितानिवास जग्गा प्रकरणसम्बन्धी मुद्दाको प्रतिवेदन बुझाउन लागेको हो ।
सत्ता दवाव बढेपछि सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ बुझाउने तयारी गरेको हो । पूर्वमन्त्रीहरू विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसँग पनि बयान लिइएको छैन । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मन्त्रिपरिषदबाट निर्णय गराएको भन्दै सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय डा. भट्टराई र नेपालसँग बयान लिन २१ साउनमा सीआईबीलाई आदेश दिएको थियो ।
सत्ता गठबन्धनका नेताहरूले अहिले कसैलाई पनि अप्ठेरो नपर्ने गरी प्रतिवेदन बुझाउन भनेपछि सीआईबी हच्किएको हो । पूर्व मुख्यसचिव लीलामणि पौडेल र हाल जेलमा रहेका पूर्व भूमिसुधार राज्यमन्त्री सञ्जय टक्लाको सीआईबीले बयान लिएको छ । तर, उनीहरूको बयान पनि समावेश नगरी प्रतिवेदन बुझाउन लागिएको बताइएको छ । सीआईबीले सत्ता गठबन्धनको शक्तिको आडमा दुई पूर्वप्रधानमन्त्री र तीन मन्त्रीलाई अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी भएको छ ।
उनीहरूसँग बयानसमेत नलिई प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । सर्वोच्च अदालतले गत साउन २१ मा यो प्रकरणमा निर्णयाधिकारीलाई समेत अनुसन्धानको दायरा ल्याउन आदेश दिएको थियो । अनुसन्धान जारी रहेका कारण यस विषयमा थप खोजी हुँदै जाने सीआईबीको भनाइ छ । प्रतिवेदनमा नेपाल र भट्टराई तथा अरु केही उच्चपदस्थलाई प्रतिवादी नबनाउने सम्भावना छ । ब्यूरोले यसअघि दुवै पूर्वप्रधानमन्त्रीसँग बयानको तयारी गरेपनि पछि हटेको छ ।
सत्ता गठबन्धनको बैठकमा समेत राजनीतिक पृष्ठभूमिका व्यक्तिमाथि मुद्दा नचलाउने विषयमा छलफल भएको थियो । बैठकमा पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मुद्दा चलाउने लागिएको विषयमा आपत्ति जनाएका थिए । सर्वोच्च अदालतले समेत बन्दी प्रत्यक्षीकरणको रिटमा निर्णयाधिकारीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । यो प्रकरणमा नेपाल बालुवाटारस्थित विशिष्ट पदाधिकारीहरूको सरकारी निवास विस्तारका नाममा जग्गा भूमाफिया र नक्कली मोहीलाई सट्टाभर्ना दिने निर्णयमा जोडिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराई सरकारी जग्गा टिकिन्छा गुठीका नाममा लगेर नक्कली मोही खडा गर्ने निर्णयमा जोडिएका छन् । यी दुवै निर्णयसहित २०४९ देखि २०६९ सम्म विभिन्न मितिका निर्णयबाट १४३ रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको छ । ब्यूरोको अनुसन्धानमा यस प्रकरणमा करिब साढे २ सय जना मुछिएका छन् । तर अनुसन्धान भने कर्मचारी तहमा मात्र सीमित देखिएको छ ।
यसअघि २०७६ माघ २२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा हिनामिनाका निर्णयाधिकारीलाई प्रतिवादी नबनाई उन्मुक्ति दिएको थियो । गत असार १२ ब्यूरोले यही प्रकरणमा किर्ते र संगठित अपराधका दफा लगाएर सुरु गरेको अनुसन्धानको समय सीमा भने भदौ ९ सम्म छ । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका आरोपितलाई आइतबारसम्म मात्र थुनामा राख्ने अनुमति दिएकाले प्रतिवेदन बुझाउन लागिएको हो । सरकारी वकिल कार्यालयले पनि आइतबार प्रतिवेदन बुझाउन भनिसकेको छ । ललितानिवास प्रकरणमा सत्तारुढ दलकै नेपाल र भट्टराईसहित कांग्रेस नेता विजयकुमार गच्छदार लगायत मुछिएका छन् । बहालवाला सचिव कृष्णबहादुर राउत पनि जोडिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार