टिप्पणी उठाउनेलाई हत्कडी लगाएर मात्र सुशासन आउँदैन, उच्च नेताको पनि सम्पत्ति छानविन हुन्छ: कानुनमन्त्री
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १६:४५:१५
१ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुुरुङले सरकारको नीति तथा कार्यक्रम मै सबै दलका उच्च तहका नेताको सम्पत्ति छानबिन गर्ने कुरामा सहमति भएकाले यही अनुरूप सबैको सम्पति छानविन हुने बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको विधान अधिवेशनमा गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताए ।
उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने दावी गरे । मन्त्री गुरुङले सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध रहेको भन्दै बजारमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणसँगै अहिले सुन काण्ड आएको र सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताए । उनले भ्रष्टाचारको लिंग, जात र धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडि बढेको बताए ।
उनले भने, ‘मुलुकमा सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध छौं । सरकारको मिसन सुशासन कायम गर्ने हो । यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचारमुक्त बनाउन टिप्पणी उठाउनेहरूको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्ने कुरामा हामी प्रष्ट हुनु आवश्यक छ । उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर नीति तथा कार्यक्रममा देखाउनका लागि मात्रै लेखिएको हैन । व्यवहारमा कार्यान्वयन गर्नुपर्छ । यो कुनै हात्तीको दाँत होइन । यो कार्यान्वयन नै गर्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
त्रिविको सम्पति छानबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
पुष २, २०८१ मंगलबार
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय: परराष्ट्रमन्त्री राणा
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार