सुन प्रकरणमा पक्राउ परेका ७ चिनियाँले काभ्रेबाट नागरिकता र पासपोर्ट लिएकाे खुलासा
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १६:५०:४४
१ भदौ, काठमाडौं । गएको साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करले ब्रेक सु मा लुकाएर भन्सार छलेर उम्काएको ६० केजी सुन प्रकरणमा पक्राउ परेका मध्ये ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता र पासपोर्ट (राहदानी) भेटिएको छ । भन्सार विभागबाट जिम्मा लिएर अनुसन्धान गरिरहेको सीआईबीले यस्तो तथ्य फेला पारेको हो ।
प्रकरणमा पक्राउ परेका नेपाली बोल्न र लेख्न जान्ने नेपाली युवतीसँग बिहे गरेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र अन्य ६ जनासँग नेपाली नागरिकता र त्यसबाट बनेको नेपाली पासपोर्ट रहेको फेला परेको हो । बिहीबार साँझ सिंहदरबारबाट सीआईबीले पक्राउ गरेको यो पुचेङ, लैनचौंरबाट पक्राउ परेका ली वेङ सुङलगायतले कीर्ते कागजका आधारमा काभ्रेबाट नागरिकता लिइएको अुनसन्धानबाट खुलेको छ । पुचेङ र सुङ तस्करीका मुख्य नाइके रहेको सीआईबीको दाबी छ ।
यसअघि पक्राउ परी सीआईबीको हिरासतमा रहेका चिनियाँ टियान पिङ (महिला), वेन टोङ, डियाङ से फा र ली नेङ्गकाईले नेपाली मूलकाे नामबाट नेपाली नागरिकता लिइसकेको पाइएको छ ।
उनीहरूले सन् २०२१ र २२ मा काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता र राहदानी लिएको भेटिएको छ । उनीहरूको नागरिकता र पोसपोर्ट यकिन गर्न सीआईबीले काभ्रे जिल्ला प्रशासन कार्यालय धुलिखेललाई पत्राचार गरि सकिएको छ ।
प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालीहरूको संख्या धेरै छ । ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई सीआईबीको हिरासतमा छन् ।
यस्तै तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार जाँचमा संलग्न कुमार ढकाल, सुन पास गर्न सहयोग गर्ने भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम अनुसन्धानका लागि हिरासतमै छन् । जसमध्ये स्वास्थ्यका कारण विमानस्थलकी कर्मचारी रुक्मिना सुब्बालाई तारेखमा छाडिएको छ ।
तस्करी गिरोहमा अन्य व्यक्तिको पनि संलग्नता देखिएको सीआईबीको दाबी छ । पक्राउ परेकाहरूमाथि तस्करी, संगठित अपराध कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गराई अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार