किसानको खुसीनै कांग्रेसको खुसी होः महामन्त्री शर्मा
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १७:४१:२२
१ भदौ, झापा । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले किसानहरु खुसी भएमात्र नेपाली कांग्रेस पनि खुसि हुनसक्ने बताएका छन् । नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिसँगको भेटघाटका क्रममा शर्माले यस्तो बताएका हुन् ।
कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला तदर्थ समितिका अध्यक्षहरु मनोनयन भैसकेपछि नेपाल किसान महासंघ कोशी तदर्थ समितिले महामन्त्री शर्माको नीजि निवास धुलाबारीमा पुगेर भेट गरेको महासंघका कोशी प्रदेश सचिव यज्ञप्रसाद भट्टराईले बताए ।
कोशी प्रदेश भित्रका १४ वटै जिल्लामा नेपाली कांग्रेसले आफ्नो भातृसंस्था नेपाल किसान महासंघलाई संगठन निर्माण र किसानका समस्यामा सहयोग पुग्ने आशा लिएको कुरामा महासंघका कोशी प्रदेशका अध्यक्ष राजेन्द्र भट्टराईले महामन्त्री शर्माको ध्यानाकर्षण गराएका थिए ।
नव गठित नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष राजेन्द्र भट्टराई, प्रदेश उपाध्यक्ष भगिरथ शर्मा सुवेदी, प्रदेश सचिव यज्ञप्रसाद भट्टराई, प्रदेश सदस्यहरु जयबहादुर तामाङ्ग, बासु गुरागाई सहित झापा जिल्ला तदर्थ समितिका अध्यक्ष रत्न थिङ्गलाबो सुब्बा लगायत नेपाल किसान महासंघका पदाधिकारी तथा सदस्यहरुको टोलीले महामन्त्रीलाई भेटी प्रदेशका किसानका समस्या र सरकारका कृषि नीति, कृषि कार्यक्रमका बिषयमा ध्यानाकर्षणसमेत गराएको थियो ।
हिमाल, पहाड, तराई मधेस समेटिएको कोशी प्रदेशमा कृषि तथा पशुपालका क्षेत्रमा निरन्तर सक्रिय किसानहरुलाई किसानका नाममा सरकारद्वारा विनियोजित रकम र कृषि अनुदानमा आम किसानहरूको पहुँचमा वृद्धि गराउन महासंघ सकृय रुपमा लागि पर्ने र यसमा महामन्त्रीको सहयोगको अपेक्षा राखिएको नेपाल किसान महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले बताए ।
महामन्त्री शर्माले नेपाल किसान महासंघलाई पालिका देख वडा तहसम्म बिस्तार गरि आम किसानले महशुस गर्ने गरिका कार्यक्रमहरु सञ्चालन गर्न प्रदेश तथा जिल्ला तहका किसान महासंघका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्दै यसका लागि महासंघका अप्ठ्यारा र असहजतामा आफू सहयोगी हुने प्रतिवद्धता जनाएका थिए । यसका लागि जहिले र जुनसुकै समयमा मलाई सम्पर्क गर्नु भन्दै महामन्त्री शर्माले किसान खुसी भए कांग्रेस खुसी हुने बताएका थिए ।
झापाको धुलाबारीमा आयोजित भेटघाट कार्यक्रममा महामन्त्री शर्माले नेपाल किसान महासंघका कोशी प्रदेश तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु र महासंघ झापा जिल्ला अध्यक्ष रत्न थिङ्गलाबोलाई खादा ओढाएर बधाई सहित सम्मान गर्दै सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार