जेलमा रहेका नेता खाण र पत्नी मञ्जुमाथि अख्तियारले थाल्यो भ्रष्टाचारमा अनुसन्धान
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १८:३७:३२
१ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनकी पत्नी मञ्जु खाणमाथि भ्रष्टाचारको आरोपमा छानबिनट सुरु गरेको छ ।
अख्तियारले गैरकानूनी तवरले सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धानसम्बन्धी फारम भराउने र सोधपुछ प्रक्रिया सुरु गरेको हो । मञ्जु समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य समेत हुन् ।
बालकृष्ण नक्कली भुटानी शरणार्थी प्रकरणमा कीर्ते, ठगी र संगठित अपराध मुद्दाको पुर्पक्षका लगि जेलमा छन् । खाण दम्पत्तिमाथि अवैध रुपले अकूत सम्पत्ति आर्जन गरेको आरोप छ । नेता खाण पूर्वगृहमन्त्री समेत हुन् । उनीमाथि प्रकरणमा घुसबापत एक करोड २४ लाख ५० हजार रुपैयाँ नगद लिएको आरोप छ ।
सम्पत्तिको स्रोत खुलाउन नसके दुवै जनाविरुद्ध भ्रष्टाचारको मुद्दा चल्ने अख्तियारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार