पाँच महिना नपुग्दै ५ एआईजीको सरुवा, एसएसपी सरुवाका लागि प्रहरी प्रधान कार्यालयद्वारा गृहमा प्रस्ताव

नेपालबहस संवाददाता
भदौ २, २०८० शनिबार ११:४५:३६

२ भदौ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवाली सहितका एआईजीहरुलाई सरुवा गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै मानव स्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानव स्रोत विभाग लगिएको छ । कार्य विभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ । अरू तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ ।
पछिल्लो पटक भुटानी शरणार्थी प्रकरणमा आफू प्रतिकूल अनुसन्धानमा श्याम ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल कांग्रेसका नेता असन्तुष्ट थिए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत ज्ञवाली सरुवा गर्न चाहेका थिए । उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन् ।
यस्तै प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख एसएपी दानबहादुर कार्की, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्न गृह मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सीआईबीमा सरुवाको प्रस्ताव गरिएको छ ।
काठमाडौं प्रहरी परिसरमा प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी भुपेन्द्र खत्रीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । त्यस्तै राष्ट्रिय सुरक्षा परिषद सचिवालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवाको प्रस्ताव गरिएको छ ।
त्यस्तै ललितपुर प्रहरी प्रमुखमा भने केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का एसएसपी दिनेश आचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका एक अधिकारीले सरुवाको प्रस्ताव प्रहरी प्रधान कार्यालयबाट आएको र सरुवाको औपचारिक निर्णय हुन बाँकी रहेको बताए ।
पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भूमिका महत्त्वपूर्ण थियो । शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले ’उच्च राजनीतिक नेक्सस’ समेत उजागर गरेपछि दुवै युनिटका प्रमुखलाई हटाउन लबिङ भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीसम्बन्धी विधेयकः संसदमा सत्तापक्ष र प्रतिपक्षका गरी ५२ वटा संशोधन प्रस्ताव दर्ता
फागुन ९, २०८१ शुक्रबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ११, २०८१ आइतबार
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
फागुन ११, २०८१ आइतबार
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
फागुन ११, २०८१ आइतबार
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
फागुन ११, २०८१ आइतबार
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा बागमती सफाइ, २ मेट्रिक टन फोहर व्यस्थापन
फागुन ११, २०८१ आइतबार
'केपी ओली कप' फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
फागुन ११, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ११, २०८१ आइतबार
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
फागुन ११, २०८१ आइतबार
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
फागुन ११, २०८१ आइतबार
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
फागुन ११, २०८१ आइतबार
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा बागमती सफाइ, २ मेट्रिक टन फोहर व्यस्थापन
फागुन ११, २०८१ आइतबार
'केपी ओली कप' फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
फागुन ११, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ११, २०८१ आइतबार
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
फागुन ११, २०८१ आइतबार
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
फागुन ११, २०८१ आइतबार
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
फागुन ११, २०८१ आइतबार