धारापानीमा एक करोडभन्दा बढीको लागतमा एक घर, एक धारा
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार ११:४३:५६
३ भदौ, म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । रु एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले जानकारी दिए
“आर्थिक वर्ष २०७३/७४ मा विस्तृत आयोजना प्रतिवेदन 'डिपिआर' तयार भएकामा २०७७/७८ देखि निर्माण सुरु भएको थियो”, उनले भने, “यो आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो । धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ ।”
धारापानीकी मञ्जु थापाले घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत र झन्झट हटेको बताए । “पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो”, उनले भने, “घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ ।”
यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुदाँ नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो । धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे । उपभोक्ताको श्रमदानबाहेक रु एक करोड ११ लाख ९८ हजार दुई सय ४२ को लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको बताए ।
“रु एक करोड ६५ लाख लागत अनुमान गरिएको थियो”, उनले भने, “ठेक्कामार्फत काम गर्ने हिसाबले तयार पारिएको लागत अनुमानमा उपभोक्ताले काम गर्दा कर, फिजिकल, आर्थिक प्रशासनिक परामर्श शीर्षकको खर्च घटेको छ ।” कुल लागतको २० प्रतिशत बराबर उपभोक्ताले श्रमदान गरेका छन् ।
कोतखोलाको उत्तिसिनेमा मुहान रहेको आयोजनाको मुख्य पाइप लाइनमा ७५ एमएमको नौ हजार चार सय ९० मिटर पोलिथिन र एक हजार तीन सय आठ मिटर जिआइ पाइप जडान भएको छ । बीस हजार एक सय ३५ मिटर शाखा पाइप लाइन बनाइएको छ । मुख्य र शाखा पाइप लाइन खन्ने र पुर्ने काममा रु २९ लाख ७४ हजार आठ सय ९५, पाइप र फिटिङका सामान खरिदमा रु २४ लाख ३२ हजार चार सय ६० खर्च भएको छ ।
एक सय र २० घनमिटर क्षमताको रिजर्भ ट्याङ्की, सामग्री भण्डारगृह, एकवटा डिसी र एकवटा विपिटीसहितका संरचना बनाउन रु ५७ लाख ९० हजार आठ सय ८६ खर्च भएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार