लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १२:४५:२८
३ भदौ, काठमाडौं । काठमाडौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर 'शैली थिएटर' मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ ।
हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरूलाई रङ्गमञ्च सम्बन्धित ज्ञान बाड्न नाटक मञ्चन गरिएको हो ।
विद्यालयकी उप–प्राध्यापक ममता बम आफनो विद्यालयमा रहेका बालबालिका लाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुस्कारका विषयमा जानकारी दिनको लागी नाटकको मञ्चन गरिएको उनले बताए । बालसाहित्यकार विजयराज आचार्यको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्पराज अवस्थीले गरेका छन्, भने सहायक निर्देशन भरत महर 'बिटी'ले गरेका छन् ।
नाटक हराएकी म महिनावारीको विषयवस्तुलाई लिएर निर्माण गरिएको हो । अहिलेको यो युगमा पनि कतिपय ठाउँ अथवा घरपरिवारमा महिनावारीलाई हेर्ने नजरिया पुरानै छ । कतिपय घरपरिवारमा महिला अथवा किशोरी महिनावारी भएकै कारण मानसिक यातना भोगिरहेका छन् ।
छाउगोठ बस्नुपर्ने, बन्द कोठामा बस्नुपर्ने, छोरा मान्छेको अनुहार हेर्न नमिल्ने, खानामा पनि सबै खान नमिलेर बार्नुपर्ने कथाहरु सुन्दै आईरहेका छौं । पहिलोचोटि महिनावारी हुदाँ कतिपयले केक काटिरहेको अवस्थामा कतिपय भने सामाजिक संस्कार भन्दै छोरीहरुलाई मानसिक यातना दिईरहेका छन् । महिनावारी हुदाँ खुशीले उत्सव मनाउनुपर्नेमा कतिपय छोरीहरु महिला हुनुमा नै दुखको अनुभव गर्छन् । नाटकको माध्यमबाट यी र यस्तै कुराहरूमा सुधार आउँछ कि भन्ने आशा नाटकको व्यवस्थापन पक्षले लिएको छ ।
नाटकमा आयुषा सुजी, जेनिसा आचार्य, सम्बृद्धि पाण्डे, आरुष गौतम, श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुती भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुवँर, आश्रिका अधिकारी,आरभ पुरी, जस्टिन थापा, द्रब्यता कुशुवाह, हिमाल तामाङ, कौशल पौडेल, काब्या शर्मा लगायत अन्य कलाकारको भुमिका रहेको छ । नाटकको मञ्च व्यस्थापक आस्था कार्कीले गर्नुभएको छ ।
अहिलेको यो युगमा किताबसँगै अन्य ज्ञान पनि हुन जरुरी हुन्छ । लोयोला स्कुल आफ्ना विद्यार्थीहरूलाई किताबी ज्ञानको साथसाथै अन्य सिपमुलक तथा साहित्यिक ज्ञान दिन अग्रसर छ ।
विद्यार्थीहरुमा रङ्मञ्चको ज्ञान दिन र सामाजमा केही सन्देश दिन यो नाटक निर्माण गरेका हौं । विद्धालयमा नाटकको अलावा नृत्य, संगित, तेकवान्दो, पेन्टङ एण्ड आर्टस् लगायतका अतरिक्त कक्षाहरु पनि सञ्चालनमा छन् । फलस्वरूप हाम्रा विद्यार्थीहरु राष्ट्रिय स्तरमै राम्रो प्रगति गरिरहेको प्रिन्सिपल रमेश पनेरुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार