राष्ट्रिय खेलकुद परिषद् कर्मचारीको आन्दोलन जारी
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १३:४५:५८
३ भदौ, काठमाडौं । बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।
गत २२ साउनमा संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
गत २५ साउनमा पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । तर, मागबारे सुनुवाइ नभएपछि २६ साउनदेखि आन्दोलनमा उत्रिएका परिषदका कर्मचारीले आफ्नो संघर्षलाई आइतबारसम्म जारी राखेका छन् ।
पाखुरामा कालोपट्टि बाँधेर आफ्नो नियमित काम गर्ने देखि पेनडाउनसम्मका आन्दोलन गरेका उनीहरूले परिषदमा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरूको बढुवा प्रक्रिया यथाशीघ्र प्रक्रियाअगाडि बढाउन माग गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार