कसैका बारे बयान लिने वा नलिने टुंगाे लगाउने काम गन्बन्धनकाे हाेइन : गगन थापा
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १३:५०:३८
३ भदौ, काठमाडौं । संघीय सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ गठबन्धनको बैठक बसेर कुनैपनि प्रकरणमा मुछिएका व्यक्तिमाथि बयान लिने वा नलिने भनेर निर्णय गर्न नमिल्ने बताएका छन् ।
आइतबार झापाको शिवसताक्षीमा आयोजित कार्यक्रममा महामन्त्री थापाले गठबन्धनको बैठकले अपराधका घटनामा मुछिएका दलविशेषका नेतालाई बयान लिन हुने वा नहुने भनेर कांग्रेसले निर्णयमा भाग लिन नमिल्ने बताए । उनले गठबन्धनको बैठक प्रत्यक्ष प्रसारण हुनुपर्ने समेत बताए । ‘म त भनिरहेको छु, कांग्रेसको बैठक होइन, गठबन्धनको बैठक लाइभ गर्नुपर्दछ । त्यहाँ के कुरा भयो देश र जनताले थाहा पाउनुपर्दछ’ उनले भने । गठबन्धनले कसैको बयानबारे निर्णय लिन नसक्ने उनको भनाइ थियो । आराेप लागेका जाेकाेही व्यक्तिसँग बयान लिने वा नलिने टुंगाे लगाउने काम गन्बन्धनकाे नभएकाे उनकाे भनाइ थियाे ।
बालुवाटारस्थित सरकारी स्वामित्वको १४३ रोपनी जग्गा (ललिता निवास) हिनामिना प्रकरणमा छानबिन जारी राखेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको बेला प्रहरीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष भएकाकाले बयान लिने तयारी गरेपछि सत्तारुढ दलहरुको गठबन्धन बैठकले बयान लिन नमिल्ने निर्णय लिएको थियो । नेपाल नेतृत्वको एकीकृत समाजवादी र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि गठबधनमा आवद्ध छन् । कंग्रेस मुख्य घटक रहेको छ भने दोस्रो घटक प्रचण्ड नेतृत्वको माओवादी केन्द्र सरकारको नेतृत्व गरिरहेको छ ।
सांसद थापाले प्रहरीले सुन तस्करी, ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रसंशनीय अनुसन्धान गरिरहेको बेला प्रहरी अधिकारीहरुको सरुवा गरिनु उचित नभएको बताए । प्रकरण र ठूला भ्रष्टाचार काण्डमा सरकारमा रहेका दलको ठूला नेता तानिने भएपछि प्रहरी अधिकारीलाई अन्य पठाइएको आरोप उनको थियो ।
घटनमा दोषी देखिए पार्टीभित्रै मान्छे कारवाहीको दायरामा आउनुपर्छ भन्नेमा कांग्रेस स्पष्ट रहेको उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण र पूर्वसांसद आङटावा शेर्पा मुद्दा पुर्पक्षका लागि जेलमा छन् ।
ललिता निवास प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले डा. भट्टराई र नेपालसँग बयान नै नलिई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मिसिल बुझाउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार