भारतले प्याज निर्यात राेक्न बढायाे ४० प्रतिशत कर, नेपाली बजारमा भाउ बढ्ने
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १४:६:३१
३ भदौ, काठमाडौं । भारतले निर्यात हुने प्याजमा ४० प्रतिशत कर लगाएको छ । शनिबारदेखि लागू हुने यसअघि कायम रहेको करमा थप निर्यात कर लगाएको हो । प्याज निर्यात रोक्ने उद्देश्यले थप कर लगाइएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।
भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको जनाएका छन् । भारतको यो निर्णयले नेपाली बजारमा प्याजको मूल्य बढ्ने देखिएको छ ।
नेपालले भारतबाट हरेक वर्ष लाखौं टन प्याज आयात गर्दै आइरहेको छ । नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो । भारत विश्वकै ठूलो मात्रामा प्याज निर्यात गर्ने मुलुकको सूचीमा पर्दछ ।
नेपालमा अहिले ६० रुपैयाँमा थोक बिक्री भइरहेको छ । उपभोक्ता मूल्य ७५ रुपैयाँसम्म पुगेको छ । नेपाली गोलभेँडा भारत निर्यात हुँदै होलसेल मूल्य प्रतिकेजी १ सय ४० रुपैयाँ पुगेको छ ।
नेपालमा खपत हुने प्याज ८३ प्रतिशत भारतबाट आयात हुने सरकरी तथ्यांकले देखाएको छ । लसुन भने चीनबाट आयात हुने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार