विश्वासको मतका लागि एमाले र राप्रपालाई मुख्यमन्त्री थापाले पठाए पत्र

नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १५:४५:२३

३ भदौ, काठमाडौं । कोशीका मुख्यमन्त्री उद्वव थापाले आफुलाई विश्वासको मत दिन प्रदेशसभका प्रमुख विपक्षी नेकपा (एमाले) र विपक्षी राप्रपालाई पत्र पठाएका छन् ।
भोलि सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदैछन् । बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन् । सो प्रस्तावको पक्षमा मत दिन उनले आइतबार दुवै पार्टीलाई पत्र पठाएका हुन् । विपक्षमा दुई पार्टी मात्र छन् । बाँकी चार दल सरकार साझेदार छन् ।
मुख्यमन्त्री थापाले मत माग्दै पत्र पठाएको एमालेका प्रमुख सचेतक रेवतीरमणले पुष्टि गरे । एमाले र र राप्रपाले थापालाई मत दिने पक्कापक्की छ । विश्वासको मत पाउन नसकेकै कारण यसअघिका एमाले नेतृत्वको सरकार ढलेको थियो ।
प्रदेश सभामा काङ्ग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरि सत्ता पक्षसग ४७ मत छ । मुख्यमन्त्री पद बचाउन थापालाई ४७ मत आवश्यक पर्छ । विपक्षमा एमालेको ४० (उपसभामुखसहित) र राप्रपाको ६ गरी ४६ मत छ । सभामुख पद रिक्त छ । यस्तो अवस्थामा एमालेले उपसभामुख सिर्जना दनुवारलाई बैठकमा अनुपस्थित गराउने र विश्वासको मत लिने प्रक्रिया प्रभावित तुल्याउने रणनीतिमा लागेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार