सर्लाहीमा पेस्तोल र २० राउण्ड गोलीसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १५:५९:१९
३ धर्दा, काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिकाबाट पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।
भारतीय नम्बर प्लेट बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका-६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ गरिएको हो ।
उनीसँगै रहेका २० वर्षीय प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनीलाई सशस्त्र प्रहरी बल संग्रामपुरको टोलीले शनिबार राति पक्राउ गरेको हो । थप अनुसन्धान गर्न दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक केबी गुरुङले जानकारी दिए ।
प्रहरीले दुवै जनालाई बरामद हतियार, गाेली र माेटरसाइकलसहित आइतबार सार्वजनिक गरिएकाे छ । उनीहरूकाे साथबाट केही रकम समेत बरामद भएकाे जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार