संसद नचल्नुमा सरकार र प्रतिपक्ष दुबै दोषी : डा. शेखर कोइराला
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १६:१९:४५
३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले, संसद नचल्नुमा सरकार र प्रतिपक्ष दुबै दोषी रहेको टिप्पणी गरेका छन् । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको हाे ।
सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको छ ।
आइतबारका लागि बोलाइएको संसद बैठकमा भाग लिन संसद भवन पुगेका कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाउनले सूचना निकालेर बैठक स्थगित गरिएपछि सञ्चारकर्मीसंग सत्ता पक्ष अझैबढी जिम्मेवार बन्नु पर्ने बताएका छन्।
उनले भने ‘दुनियाँको नियम हो संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई अट्याक गर्ने गालि गर्ने । सत्तापक्षले पनि प्रतिपक्षले चल्न दिएन भन्ने । तर म के भन्दैछु भने हामी दुइटै दोषी हौँ भन्ने ।’ उनले संसद नचल्दा राष्ट्रलाई नै गम्भीर घाटा हुने बताए । ‘यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद चल्नु पर्छ ।
संसद चल्न सरकार र पार्टीमा जिम्मेवारी लिएर बसेका मान्छेले जिम्मेवारीपूर्वक प्रयास गर्नु पर्ने उनको तर्क छ । ‘म एउटा सांसद हो नेपाली कांग्रेसको हाम्रो सभापतिजी संसदीय दलको नेता हो । उहाँले कोर्डिनेट गर्ने कुरा हो । सरकारले कोर्डिनेट गर्ने कुरा हो । हामीहरु त आउँछौ । यी यस्तै भइराख्या छ । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार