एमालेले संसदलाई अनिर्णयको बन्दी बनायो : सांसद रामहरी खतिवडा
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १६:४८:३७
३ भदौ, काठमाडौं । सुन प्रकरणमा उच्च स्तरीय समिति गठनको अडानमा रहेको नेकपा एमालेका कारण अवरुद्ध संसद बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब ६० किलोग्राम सुन २ साउनमा सिनामंगलबाट बरामद भएको थियो । एमालेले उक्त सुन भन्सार पास भएर आउनुमा गृहमन्त्री र अर्थमन्त्री पनि दोषी रहेको दाबी गर्दै उनीहरुमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको छ ।
लगातार अवरुद्ध भएको संसद खुलाउन सभामुख देवराज घिमिरेले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुसँग छलफल समेत गरे । बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्याएको छ भने सत्तारुढ दलहरु त्यसमा सहमत भएका छैनन् ।
यसैबीच, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नेकपा एमालेले संसद अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद खतिवडाले संसद खुलाएर शुन्य समयसम्म जान आग्रह गर्दा समेत एमालेले नमानेको आरोप लगाएका छन् ।
उनले भने,‘ आज संसद खुलाएर शुन्य समय सम्म जाउँ भन्दा पनि उहाँहरु मान्नुभएन । सँधै अनिर्णयको बन्दी बनाएर जनतामा के भनेर जानुहुन्छ । उहाँहरुलाई पनि जिम्मेवारी दिएको छ ।’ कानूनले विश्वास गरेका संयन्त्रलाई अविश्वास गरेर समस्या समाधान हुन्छ ? एमालेलाई उनको प्रश्न छ ।
उनले भने, ‘कानूनले विश्वास गरेका संयन्त्रलाई चाँहि अविश्वास गर्ने अनि अरूलाई गाली गरेर समस्या समाधान हुन्छ ? त्यसैले नेकपा एमालेलाई आग्रह गर्न चाहान्छु। तपाईहरु केहि नभनी हामीसँग यहाँ आएर संसद चल्न दिनुस् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार