प्रतिनिधिसभाको कमान्डर सभामुख हो, उहाँको संसद चलाउन भूमिका कमजोर देखियो : दाहाल
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार १७:१४:१५
३ भदाै, काठमाडौं । माओवादी केन्द्रका नेताले लेखनाथ दाहालले, संसद सूचारु गर्न सभामुखको तर्फबाट कुनै पनि प्रयास नभएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठक स्थगित भएपछि पत्रकारहरुसँग बोल्दै उनले सरकारको तर्फबाट संसदलाई प्रर्याप्त प्राथमिकता दिएको दाबी गर्दै उनले संसदको तर्फबाट निर्वाह गनुपर्ने भूमिका कमजोर देखिएको कारण संसद निरन्तर अवरुद्ध भएको आरोप लगाएका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभाको कमान्डर सभामुख हो, संसदीय मर्यादाभित्र बसेर प्रतिनिधि सभाको मातहतमा बसेर सभामुखको संसद सञ्चालन गर्न जसरी पहल कदमी गनुपर्ने थियो, त्यो सचेत पहलको अभाव कै कारण संसद सूचारु हुन सक्या छैन् । सरकारको तर्फबाट संसदलाई प्राथमिकता प्रर्याप्त दिएको छ, संसदको तर्फबाट निर्वाह गनुपर्ने भूमिका कमजोर देखियो, त्यसकारण संसद निरन्तर प्रमुख प्रतिपक्ष दल एमालेको भूमिका संसदमा रहेर संसद अवरुद्ध छ ।
उनले कसैको लहरमा छानविन समिति बन्न नसक्ने भन्दै सीआईवीले गर्दै आएको अनुसन्धानबाट केही उपलब्धी निस्किएन भने उच्च स्तरी छानविन समिति बनाउँनेबारे सोच्न सकिने बताए ।
संसद खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक भदौ ५ गतेसम्म पुनः स्थगित भएको छ । सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँगको छलफलबाट सहमति जुट्न नसकेपछि आज बोलाइएको संसद बैठक सुचना टाँसेर स्थगित गरिएको छ ।
यसअघि आजै सभामुखले देवराज घिमिरेले पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकलाई बोलाएर संसदमा जारी गतिरोध अन्त्य गर्ने प्रयास गरेका थिए । तर बैठकमा दुवै पक्षको अडानले सहमति जट्न सकेन ।
लगातार अबरुद्ध संसद खुलाउनका लागि सहमतिको बिन्दु खोज्न दलको सर्वदलीय बैठक सोमबार पुनः बस्ने भएको छ । ६० किलो सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार