बिहान कार्यव्यवस्थाको बैठक बोलाएर काठमाडौं उडिन् उपसभामुख दनुवार, विश्वासको मत अनिश्चित
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १०:४१:२८
४ भदौ, विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौं भागेकी छन् । बिहान प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएर उनी काठमाडौं लागेकी हुन् । उपसभामुख सिर्जना दनुवार सोमबार बिहान काठमाडौं लागेपछि बैठक अनिश्चय भएको छ ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएपछि उपसभामुख दनुवारले सोमबारलाई बैठक बोलाएकी थिइन् । तर, उनी आज बिहान हवाई मार्गबाट काठमाडौंतर्फ लागेकी हुन् । उनी आफ्नो निजी सुरक्षाकर्मीसहित दनुवार काठमाडौं उडेकी हुन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बोलाएकै दिन उपसभामुख सिर्जना दनुवार काठमाडौं गएपछि प्रदेशसभा अलपत्र परेको छ ।
आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार काठमाडौं गएकी हुन् । दनुवार उपचारको बहाना बनाएर काठमाडौं गएको गठबन्धन दलको आरोप छ । उनी विराटनगरबाट बिहान साढे ८ बजे यति एयरलाइन्सको विमानमा काठमाडौं गएको विराटनगर विमानस्थल स्रोतले जानकारी दिएको छ ।
उपसभामुख दनुवार प्रदेशसभा बैठकको अध्यक्षता नगरी बिरामी बिदा लिएर काठमाडौं हिँडेपछि सत्तारूढ गठबन्धनको बैठक बसको छ । मुख्यमन्त्री थापाले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दललाई विश्वासको मत दिनका लागि पत्राचार गरेर आइतबार आग्रह गरेका छन् । प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले विश्वासको मत लिने बैठक राप्रपाले बहिष्कार गर्ने निर्णय गरेको बताए । उनले विश्वासको मत लिने बैठकमा राप्रपा उपस्थित नहुने सुनाए ।
उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्नसक्ने अंक गणितीय जटिलताले सत्ता र प्रतिपक्ष दुवै आ–आफनै सत्ता स्वार्थको राजनीतिक दाउपेचमा लागेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ छन् । प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ प्रदेश सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन ४७ सदस्यको समर्थन आवश्यक छ ।
सत्तारुढ गठबन्धन दलसँग बहुमत ४७ सदस्य पनि छन् तर त्यो बहुमत उपसभामुख दनुवार वा एमाले र राप्रपाका अध्यक्ष मण्डलका सदस्य र ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहने जटिलता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार