भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन स्वरुप प्रदेशस्तरमा घोषणासभा गर्ने समाजवादी मोर्चाको निर्णय
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १०:५५:३८
४ भदौ, काठमाडौं । चारदलीय समाजवादी मोर्चाले भदौ ८ गतेबाट प्रदेशस्तरमा घोषणासभाको आयोजना गर्ने भएको छ । सोमबार बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकबाट यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
उनले भने, ‘समय लम्बिँदा बाहिर के हो, के हो ? भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणासभा गर्ने निर्णय गरेका छौँ । भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।
यस्तै, एकीकृत समाजवादीका नेता प्रमेश हमालले भदौ ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते वाग्मतीको हेटौँडामा र भदौ २५ गते कोसी प्रदेशको विराटनगरमा घोषणासभा गरिने बताए ।
बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाका बारेमा छलफल भएको उनले जानकारी दिए । सो घोषणासभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि उनले बताए । मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपा आबद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार