कागखोलामा फेरि बाढी, कागबेनी बजारमा त्रास
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार ११:२५:२५
४ भदौ, काठमाडौं । भारी वर्षासँगै मुस्ताङको कागखोलामा फेरि भेलबाढी आएको छ । जिल्लाको वारागुङ गाउँपालिकाको माथिल्लो भेगमा पानी पर्दा कागखोलाको सहायक झोङ र मुक्तिनाथबाट बगेर आउने खोलामा बाढी आएको हो ।
वारागुङ गाउँपालिका–२ का वडाध्यक्ष न्होरू गुरूङले आइतबार राति मुक्ति क्षेत्र र झोङमा मध्यम वर्षा भएको बताएका छन् । कागखोलामा मिसिने झोङ र मुक्तिनाथ खोलामा बाढी आएको र उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुर्याएको प्रजिअ अनुप केसीले बताएका छन् । उद्धार टोली तयारी अवस्थामा रहेको उनले बताए ।
यसबाट तल्लो भेगमा रहेको मुख्य बजार कागबेनीमा स्थानीयमा त्रास फैलिएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको प्रजिअ केसीले भने । मुस्ताङको जोमसोम स्टेसनमा पछिल्लो २४ घन्टामा ६.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत हप्ता यसै कागखोलामा आएको बाढीले कागबेनी बजारका अधिकांश घर र टहरा बगाएको थियो । यसबाट करोडौंको क्षति पुगेको स्थानीयले बताएका छन् । उनीहरु अहिले पनि बाढीले बगाएका घर, सरकारी भवनको अवशेष खोजी गरिरहेका छन् । आइतबार लेदो पन्छाउने क्रममा प्रभु बैंक र नेपाल इन्भेष्ट मेगा बैंकका गरी १ करोड ६५ लाख रुपैयाँ नगद लकरमा फेला परेको थियो ।
बाढीग्रस्त बनेका खानेपानी र बिजुली लाइन पनि सुचारु भइसकेको छ । तर, वर्षा दोहोरिरहने घटनाले बस्तीमा त्रास हटन सकेको छैन । उनीहरुले आफ्ना घरका सरसामन लिएर सुरक्षित स्थानमा गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
मंसिर २६, २०८१ बुधबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार