जीवन बीमा कम्पनीहरुले ६५ प्रतिशतले बढाए मुनाफा, कुनको अवस्था कस्तो छ ?
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार ११:२६:५६
४ भदौ, काठमाडौं । सञ्चालनमा रहेका १२ वटा जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । रिपोर्टअनुसार जीवन बीमा कम्पनीहरूको नाफा गत वर्षको अन्तिम त्रैमाससम्ममा ६५.३५ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड २३ लाख १४ हजार रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुले २ अर्ब २२ करोड ६९ लाख रूपैयाँ नाफा कमाएका थिए ।
पुनर्बिमा कमिसन, लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी बढेका कारण खुद नाफामा सुधार देखिएको हो । साथै, कतिपय कम्पनीहरूले मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । जसले गर्दा पनि वित्तीय विवरण सबल देखिएको हो ।
त्यस्तै, जीवन बीमा कम्पनीहरुको समग्र चुक्ता पुँजी पनि ३८ अर्ब ५६ करोड ७४ लाख ८६ हजार रुपैयाँबाट बढेर ५० अर्ब ९६ करोड ३९ लाख रूपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा ३२.१४ प्रतिशतले धेरै हो ।
यता, जगेडा कोषको आकार पनि ३२.१६ प्रतिशतले बढेको छ । समग्रमा १२ जीवन बीमा कम्पनीको रिजर्भमा १२ अर्ब ८९ करोड २७ लाख रूपैयाँ रहेको छ । त्यस्तै, जीवम बीमा कोषको आकार पनि अघिल्लो वर्षको तुलनामा २२.६८ प्रतिशतले बढेर अहिले ५ खर्ब ३१ अर्ब ८५ करोड ७५ लाख रूपैयाँ पुगेको हो ।
यी कम्पनीहरूले समग्रमा १ खर्ब २४ अर्ब ९३ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा २.५३ प्रतिशत धेरै हो । समग्रमा हेर्दा नेपाल लाइफ, हिमालयन, सूर्यज्योति, आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था अरूको भन्दा राम्रो देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सानिमा रिलायन्स लाईफको दुई दिने आवासीय तालिम सम्पन्न
असोज १७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार