प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले पेस गरे फैसला कार्यान्वयनमा विशेष अभियान चलाउने कार्ययोजना
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १२:५०:३९
४ भदौ, काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित विश्वम्भरप्रसाद श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका छन् । संसदीय समितिको बैठक सुरु भएसँगै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो अवधारणापत्र प्रस्तुत गरेका हुन् ।
उनले प्रस्तुत गरेको भावी कार्ययोजना एवं अवधारणापत्रमा न्यायपालिकामा योजनाबद्ध सुधार र साधन स्रोतको व्यवस्थापन‚ न्याय सम्पादन‚ अदालतहरूको कार्यबोझ‚ जनशक्ति र बजेट‚ मुद्दा व्यवस्थापनमा सुधार र फरक मुद्दा व्यवस्थापन पद्धति‚ फैसला कार्यान्वयनको विषय समेटिएको छ ।
त्यस्तै सूचना प्रविधिको संस्थागत विकास‚ न्यायिक सुशासन र सदाचार‚ न्यायमा सहज पहुँच अभिवृद्धि‚ न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि‚ न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तता‚ क्षतिपूर्तिसहितको न्याय एवं पुनर्स्थापकीय न्याय‚ अदालतहरूको भौतिक पूर्वाधार‚ न्यायिक जनशक्तिको क्षमता विकास र उत्प्रेरणास सरोकारवालाहरूको सहयोग र समन्वयलगायत विषय समेटिएका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो । १० दिनमा श्रेष्ठको सम्बन्धमा ३ उजुरी परेकोमा एउटा उजुरी सैद्धान्तिक र दुई उजुरी प्रस्तावित व्यक्तिविरुद्ध परेका थिए ।
अहिले समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिसकेपछि समितिले अहिले सुनुवाइ प्रक्रिया टुंग्याउन लागेको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सोमबार नै हुनेछ ।
सिंहदरवारस्थित संसदीय समितिको हलमा उजुरीकर्तासँगको छलफललगत्तै सुनुवाइ सुरु भएको हो । श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका थिए । छलफलमा भाग लिँदै सांसद शान्तिकुमार तिमिल्सिनाले कार्यविधिको उल्लंघन गरेर श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै कानुन सबैले पालना गर्नुपर्ने बताए ।
त्यस्तै सांसद देवेन्द्र दाहालले कानुनी हिसाबले नै सच्याउन जरुरी रहेको बताए । कांग्रेस सांसद रमेश लेखकले सिफारिसबारे सैद्धान्तिक प्रश्न उठेको भन्दै त्यसमा ध्यानाकर्षण भएपनि प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्न ठिक हुने बताए ।
त्यस्तै अर्का सांसद जीवन परियारले संवैधानिक परिषद पूर्ण सदस्य रहेर त्यसले सर्वसम्मत निर्णय गरे कानुनसम्मत हुने बताए । सांसद प्रकाश अधिकारीले जस्तो सिफारिस आयो त्यसलाई ठप्पा लगाउने काम समितिको नभएको बताए ।
छलफलपछि समितिका सभापति पशुपतिशमशेर राणाले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समितिमा उपस्थित भएर जवाफ दिने व्यवस्था मिलाउन निर्देशन दिए । त्यसपछि श्रेष्ठले समितिको बैठकमा न्यायपालिका सुधारका कार्य योजना पेश गरेका हुन् ।
यस्ताे छ, कार्ययोजना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार