कोशी प्रदेशकी उपसभामुख दनुवार ‘अचानक’ बिरामी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १३:११:८
४ भदौ, काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार ‘अचानक’ बिरामी परेकी छन् । विराटनगरमा रहेकी उनी सोमबार बिहान ‘अचानक’ बिरामी परेकी हुन् । बिरामी परेलगत्तै उनी उपचारका लागि प्रदेशबाहिर (काठमाडौं) गएकी छन् ।
उनले सोमबार दिउँसो १ बजे कोशी प्रदेशसभा बैठक बोलाएकी थिइन् । उनकै तोकादेशमा आजको बैठकमा मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस हुने कार्यसूची तय भइसकेको छ । तर उनी भने सोमबार बिहानै ‘स्वास्थ्यमा अचानक समस्या उत्पन्न भई उपचारका लागि प्रदेशबाहिर जानु पर्ने भएकोले’ व्यवहोराको पत्र प्रदेशसभा सचिवालयलाई बुझाएर उनी विराटनगरबाट गायब भएकी छन् ।
उनले स्वास्थ्यमा के समस्या उत्पन्न भएको हो ? कहाँ उपचार भइरहेको छ ? भन्नेबारे कसैलाई थाहा दिएकी छैनन् । उपचारमा कुन कुन चिकित्सक संलग्न छन् भन्नेबारे कसैबाट बताइएको छैन । उनकाे सचिवालय माैन बसेकाे छ । उनकाे अहिलेसम्म स्वास्थ्य चेकअप वा उपचार गराइरहेको अस्पतालबारे जानकारी ‘गोप्य’ राखिनुले उनको नियतमाथि शंका गर्न थालिएको छ ।
तर पत्रमा सोमबार बस्ने प्रदेशसभाको बैठकको अध्यक्षता गर्न असमर्थ हुने उल्लेख गरेकी छन् । कोशीमा राजनीतिक संकट चुलिँदै गइरहेको बेला उपसभामुखको स्वास्थ्यमा समेत ‘स्वास्थ्यमा अचानक समस्या उत्पन्न’ हुनुले थप संकटतर्फ जाने निश्चितप्रायः देखिएको छ । यहाँ सभामुख पद रिक्त रहेको छ ।
कोशीका सत्ता पक्षका सांसदहरुले भने उपसभा दनुवार बैठक छल्न ‘स्वास्थ्यको बहाना बनाएको’ बताएका छन् । मुख्यमन्त्री थापाले उपसभामुख दनुवारले पराम्परा तोडेको प्रतिक्रिया दिएका छन् । आज विश्वासको मत लिने संभावना टरेको बताएका छन् ।
सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले बैठक संचालन अर्थात अध्यक्षता गर्नुपर्ने नियमावली छ । तर उनले प्रदेशसभा संचालन नियमावली २०७५ (पहिलो संशोधनसहित)को नियम ११ को उपनियम २ बमोजिम गठित अध्यक्ष मण्डलका सदस्यहरुमध्ये ज्येष्ठ सदस्यले बैठक संचालन गर्न भन्दै सचिवालयमार्फत सदस्य स्माइल मन्सुरीलाई पत्र लेखेर विराटनगर छाडेकी हुन् । उनले मन्सुरीलाई जानकारी गराई बैठक संचालनका लागि आवश्यक व्यवस्था मिलाउन भनेकी छन् ।
थापा नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा पुनः सरकार गठन गर्ने दाउमा एमालेले हेरिरहेको बेला दनुवार आफैंले राखेको बैठक कार्यसूची छाडेर हिँडेकी हुन् ।
उनी काठमाडौंका लागि हिँडेको बताइए पनि काठमाडौं स्थलमार्ग या हवाई मार्ग केबाट भन्ने उनको सचिवालय समेत खुलाएको छैन । एमालेले भने सोमबार बैठकका दिन उनलाई बिदा बस्न या राजीनामा दिन लगाउने तयारी गरेको बताउँदै आइरहेको थियो ।
उदुयपुरबाट निर्वाचित दनुवार तत्कालीन गठबन्धनका एमालेबाट उपसभामुख बनेकी थिइन् । पछि सत्ता समिकरण बदलिएसँगै एमाले प्रदेश सरकारबाट हट्न पुगेको थियो । त्यसपछि नयाँ समिकरणबाट कांग्रेसका थापा गएको असार १३ मा मुख्यमन्त्री बनेका हुन् । उनले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
यस्तो अवस्थाबीच सभामुख र उपसभामुख अनुपस्थित रहँदा अध्यक्ष मण्डलका ज्येष्ठ सदस्यले बैठक संचालन गर्नुपर्ने हुन्छ । तर मण्डलका एमाले र राप्रपाबाट सदस्य रहेका सबैले भदौ १ मा नै सचिवालयलाई पत्र लेखेर सोमबारको बैठकमा उपस्थित हुन नसकिने भनेर जानकारी दिइसकेका छन् ।
यस्तो अवस्थामा सत्ता पक्षकै मन्सुरीले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आएको हो । उनले अध्यक्षता गरेको खण्डमा मुख्यमन्त्री थापालाई विश्वासको मत पाउन आवश्यक संख्या एक अपुग हुन्छ । यसपछि थापाको पद धरापमा पर्ने स्थिति आउन सक्छ । त्यसकारण मन्सरीले अध्यक्षता गर्ने संभावना देखिँदैन । बैठक नै बस्न नसकेको खण्डमा थापाको विश्वासको मत लिने प्रस्ताव अन्योलमा पर्ने र संवैधानिक प्रश्न उब्जन जानकारहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार
असार १२, २०८१ बुधबार
प्रतिनिधिसभाको बैठक १३ गते
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार