भगवती हाइड्रोपावरको प्रिमियम आईपीओ कहिलेबाट खुला हुँदै छ ?
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १३:२८:५२
४ भदौ, काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंगलबार भदौ ५ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फेस भ्याल्यू १०० रूपैयाँमा १६ रूपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रूपैयाँ दरले आईपीओ बिक्री गर्न लागेको हो । सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता शेयरमध्ये १० प्रतिशतले अर्थात् ८५ हजार ८१० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।
यस्तै, ५ प्रतिशत (४२ हजार ९०५ कित्ता) शेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् १७ हजार १६२ कित्ता शेयर छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
सर्वसाधारणले न्यूनतम् १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहनेछ ।
केयर रेटिङ नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । भगवतीले पोखरा महानगरपालिका वडा नम्बर २६ मा ४.५ मेगावाट क्षमताको ‘विजयपुर १ साना जलविद्युत आयोजना’ निर्माण गरिसकेको छ ।
आयोजनाको कुल अनुमानित लागत ६९ करोड ६८ लाख रूपैयाँ र प्रतिमेगावाट अनुमानित लागत १७ करोड ७० लाख रूपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार