कोशीको कार्यव्यवस्था परामर्श समितिले बैठक संचालनबारे निर्णय गर्न सकेन
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १४:४५:१
४ भदौ, काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गर्न बसेको कार्यसमितिको बैठक निर्णयविहीन भएको छ ।
उपसभामुख सिर्जना दनुवार सोमबार बिहान प्रदेशबाहिर हिँडेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेता, सेचतकहरुको बैठक बसेको थियो । बैठकले कुनै निर्णय लिन नसकेको कोशीमा कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । बैठक आज फेरि बस्ने उनले बताए ।
आजै प्रदेशसभाको बैठक बस्दैछ । यसअघि आजै दिउँसो १ बजे बोलाइएको बैठक बस्न सकेको छैन । उपसभामुख सिर्जना दनुवार बैठक बोलाएकी हुन् । तर उनी आज बिहानै स्वास्थ्यमा ‘अचानक’ समस्या भएको भन्दै उपचारका लागि प्रदेशबाहिर हिँडेसकेकी छ्न् । तरको उपचार कहाँ कसरी भइरहेको छ भन्नेबारे केही बताइएको छैन । उनी आफूले बैठक संचालन गर्दा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त हुने देखिएपछि प्रदेश छाडेको आरोप सत्ता पक्षका सांसदहरुले लगाएका छन् ।
दनुवारले बैठक संचालन गर्ने जिम्मा अध्यक्ष मण्डलका सदस्य स्माइल मन्सुरीलाई दिएर हिँडेकी हुन् । बैठक आजै बस्ने तयारीमा सत्ता पक्षधर दलहरुको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार