शेयरबजार झनै सुस्त, २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब बढीको कारोबार
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १५:३८:४४
४ भदौ, काठमाडाैं । शेयरबजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर शेयरबजार थप सुस्त बनेको हो । यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
बजारले सोमबार २ हजारको मनोवैज्ञानिक रेखालाई समेत छाडेर १९ सयको लाइनमा आएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर रहेको देखाएको छ । सूचकका साथमा कारोबार रकम पनि कमजोर बनेको छ ।
यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता शेयर कारोबार भएको छ । ८ करोड रूपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटल परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार