दरमखोलामा माछा मार्न प्रतिबन्ध, अटेरी गर्नेलाई जरिवाना गरिने
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १५:३९:२
४ भदौ, गलकोट 'बागलुङ' । बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ । दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
दरमखोलाको माछा नेपालमै चर्चित र स्वादिष्ट रहेको तथा गलकोटको पहिचानसँग जोडिएको भन्दै संरक्षणका लागि माछा मार्न रोक लगाइएको हो । दरमखोलाका माछाको माग उच्च भएपछि गैरकानुनी र परम्परागत दुवै तरिकाले माछा मार्न रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले जानकारी दिए ।
दरमखोलाको असला माछाको संरक्षण र दीगो उपयोगिताका लागि जलचर संरक्षण नीति, कार्यक्रम र बजेटसमेत ल्याइएको जनाउँदै भुजेलले भदौ र असोजमा दरमखोलामा माछा मार्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएकाले अटेरी गर्नेलाई जरिवाना गरिने बताए ।
“यहाँको पहिचानसँग जोडिएको दरमखोलाको असला माछा संरक्षण गर्ने नगरपालिकाको नीति छ, नगरपालिकाले जलचर संरक्षण कार्यविधि २०८० बनाएर कार्यान्वयन थालेको छ”, उनले भने, “विशेषगरी वर्षा ऋतुमा असला माछाले फुल पार्ने अवधि भएकाले भदौ र असोजमा माछा मार्न प्रतिबन्ध लगाइएको हो, प्रतिबन्धको उल्लङ्घन भए कार्यविधिको दफा १४ बमोजिम रु एक लाखसम्म जरिवाना गर्नेछौँ ।”
असोज पछि भने परम्परागत तरिकाले माछा पार्न पाइनेछ । यहाँको असला माछा विदेशमा समेत कोसेलीका रुपमा निर्यात हुने गरेको छ । निकै स्वादिष्ट मानिने दरमखोलाको माछा लोप हुन थालेपछि नगरपालिकाले संरक्षणको नीति बनाएको हो ।
बागलुङको ताराखोलादेखि गलकोट हुँदै बडिगाडमा मिसिन पुग्ने दरमखोलाको असला माछा धेरै पाइनेमध्येको खोला रहेको स्थानीयको भनाइ छ । यहाँको चिसो पानीमा पाइने माछा सबैको रोजाइमा पर्छ । यहाँ परम्परागत शैलीमा ढडिया र जाल हालेर माछा सङ्कलन गरिँदै आएको छ ।
असला माछा पोखरीमा नपाल्ने र हिउँखोलामा पाइने भएकाले यसको स्वाद अरू पोखरीमा पालिने माछाका प्रजातिको तुलनामा फरक हुने भन्दै माछाका पारखीले दरमखोलाको माछा अत्यधिक रुचाउने गरेका छन् । यहाँका सयभन्दा बढी स्थानीयले दरमखोलाको माछा मार्ने पेसालाई मुख्य आम्दानीको स्रोतका रुपमा लिएका छन् । नगरपालिकाले भदौै र असोजमा माछा मार्न रोक लगाएपछि दरमखोलाका माछा संरक्षणमा ठूलो सहयोग पुग्ने नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
धौलागिरि हिमशृङ्खला
पुष १९, २०८१ शुक्रबार
अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित
पुष १९, २०८१ शुक्रबार