भदौ २७ देखि विद्यालय नाटक महोत्सव हुने
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १६:०:०
४ भदौ, गण्डकी । पोखरामा यही भदौ २७ गतेदेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । सो महोत्सव आगामी असोज १२ गतेसम्म चल्ने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।
‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सवको लोगो पनि सार्वजनिक गरिएको छ ।
पाँचौँ संस्करणको उक्त महोत्सवमा कूल १५ वटा नाटक मञ्चन हुने र त्यसअन्तर्गत पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक रहने उहाँले जानकारी दिए। अतिथि नाटकका रुपमा काठमाडौँबाट थप एक नाटक मञ्चन हुने जनाइएको छ ।
गन्धर्व नाटकघरमा महोत्सव अवधिभर हरेक दिन एक/एक वटाका दरले नाटक मञ्चन गरिने छन् । पोखरा थिएटरले २०७६ मा पोखरा महानगरपालिकास्तरीय विद्यालय नाटक महोत्सव गरेकामा त्यसपछि गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरिएको थियो ।
लगातार तीन वर्षसम्म प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको उक्त थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गर्न लागेको हो । थिएटरमा भइरहेका गतिविधिका कारण पछिल्लो समयमा थिएटरप्रति विद्यार्थीको आकर्षणसमेत बढ्न थालेको अध्यक्ष परिवर्तनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार