४७ भए कोशीमा सरकार बन्छ, उपसभामुख प्रपञ्चमा लाग्नु आवश्यक छैन : राजेन्द्र राई
दलहरुको गलत रवैयाकै कारण व्यवसथामाथि नै प्रश्न उठेको भनाइ
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १६:१२:१३
४ भदौ, काठमाडौं । कोशी प्रदेशसभाका सदस्य एवं नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेश सरकार बन्न ४७ जना सांसदको समर्थन भए पुग्ने बताएका छन् ।
कांग्रेसबाट प्रदेशका मुख्यमन्त्री बनेका उद्वव थापाले सोमबार जारी प्रदेशसभाको बैठकमा पेस गरेका विश्वासको मत लिने सम्बन्धी प्रस्तावमाथि दलीय आधारमा बैठकमा भाग लिँदै नेता राईले यस्तो बताएका हुन् । उनले उनले प्रदेशलाई मध्यवधि जानबाट रोक्न थापालाई विश्वासको मत दिने बताए ।
राईले आफ्नो दल एकीकृत समाजवादीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णय सुनाए । उनले ृउपसभामुख सिर्जना दनुवारको गतिविधिप्रति आपत्ति जनाए । सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुख दनुवारले आजको बैठक बोलाएको तर उनी आफैं बैठक छलेर हिँडेको भन्दै आपत्ति जनाए ।
‘प्रदेश सरकार गठन गर्न ४७ माननीयहरुको समर्थन पुग्छ, हामी त्यो अवस्थामा छौं’ उनले भने, ‘तर उपसभामुख किन प्रपञ्चमा लाग्नुभयो, बुझ्न सकिनँ, यो तरिका राम्रो होइन ।’ दनुवार बिरामीको कारण देखाउँदै आज बिहानै प्रदेशबाहिर हिँडेपछि सभाका अध्यक्ष मण्डलका स्माइल मन्सुरीले बैठक संचालन गरिरहेका छन् । दनुवार प्रमुख प्रतिपक्ष एमालेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार