मुलढोका फोडेर सानोथिमि बाल सुधार गृहबाट २२० भन्दा बढी थुनुवा फरार, ८४ जना विभिन्न स्थानबाट नियन्त्रणमा
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १६:३२:१३
भक्तपुर, ४ भदौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहबाट २२० भन्दा बढी बन्दी भागेका छन् । सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मूलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ । सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् ।
गृहबाट भागेका मध्ये ८४ जना काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधार गृहमा थिए । आइतबार सुधार गृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधार गृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।
भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहबाट यति ठूलो संख्यामा थुनुवा फरार भएका हुन् । प्रहरीका अनुसार उक्त स्थानबाट २२० हाराहारीमा थुनुवा फरार भएका छन् । उनीहरू कसरी फरार भए भन्ने यकिन हुन सकेको छैन । उक्त सुधार गृहमा रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो ।
सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका थिए । अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए । घाइते बन्दीमध्ये एकजना गम्भीर घाइते भएको जनाइएको छ । दुई जनाको स्थिति सामान्य भएको जनाइएको छ । घाइतेहरूको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।
यसै क्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउन्डको मुलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुरु गरेका थिए । उनीहरूले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् ।
सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन् । सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यही भित्र रहेका छन् । यसै गरी प्रहरीले फरार बन्दीहरु मध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार