प्रदेशसभा बैठक संचालन गर्नेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन मिल्दैन : एमाले

नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १६:५६:३०

४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशसभा बैठकको संचालन गर्नेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नमिल्ने बताएको छ । सोमबार जारी कोशी प्रदेशसभामा मुख्यमन्त्री उद्वव थापाले पेस गरेका विश्वासको मत लिने प्रस्तावमाथि दलको तर्फबाट धारणा राख्दै एमाले प्रदेश संसदीय दलका उपनेता रेवतीरमण भण्डारीले यस्तो बताएका हुन् ।
उनले सत्ता पक्षका सांसदहरुले बैठकको अध्यक्षता गरिरहेका व्यक्तिलाई विश्वासको मत दिने प्रक्रियामा सामेल गराउनु संविधान विपरीत हुने बताए । उनले अध्यक्षलाई विश्वासको मत प्रक्रियामा सामेल गराइए सामान्य घटनाको रुपमा लिन मञ्जुर नहुने बताए । उनको भनाइको आशय मत प्रयोग गरिए त्यसविरुद्ध अदालत जाने भन्ने सहजै बुझिन्थ्यो । एमालेले विश्वासको मत नदिने बताए ।
यसअघि थापालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन जुटाउने क्रममा एक मत नपुग्दा सभामुख रहेका माओवादी केन्द्रका बाबुराम गौतमले दस्तखत गरेपछि एमालेले हालेको मुद्दामा सर्वोच्च अदालतले गौतमको दस्तखत रद्द गर्ने फैसला गरेको थियो ।
त्यसपछि गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाई गराईको दस्तखतबाट थापा पुनः मुख्यमन्त्रीमा साउन १३ गते नियुक्त भएका भएका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थापालाई छ । सोही अनुरुपमा उनले आजको बैठकमा विश्वासको मत लिने प्रस्ताव गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार