भक्तपुरको बाल सुधारगृहबाट फरार नाबालक कैदीकाे खाेजी तीव्र
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १७:१२:३८
४ भदौ, काठमाडौं । भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहबाट फरार भएकामध्ये ८६ जना अभियुक्तलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरे पनि अन्य फरार रहेका छन् ।
आइतबार सुधारगृहमा रहेका रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार शंकास्पल मृत्यु भएपछि सोमबार दिउँसो अन्य २०० भन्दा बढी नाबालक कैदीबन्दीहरु फरार भएका थिए । त्यसमध्ये करिब एक सयकाे हाराहरिमा मात्र पक्राउ परेका छन् ।
अन्यको तीव्र रूपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न काठमाडौं रानीपोखरीबाट दुई जना एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वको टोली सुधार गृहमा पुगेको छ ।
नाबालक कैदी बस्नेतको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दै आफन्तले सोमबार दिउँसो सुधार गृह अगाडि विरोध प्रदर्शन गरेका थिए । सो क्रममा कैदीहरु फरार भएको बताइएको छ ।
बस्नेतको मृत्यु घटनामाथि छानबिन गर्न भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्र रिजालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भइसकेको छ । काठमाडौंबाट पक्राउ परेकाहरुलाई प्रहरीको नयाँबानेश्वर वृत्त तिनकुनेमा राखिएको छ ।
अन्यका खोजीका लागि काठमाडौं उपत्यकाका नाकामा कडा चेकजाँच जारी रहेको र आवश्यक संख्यामा सादा पोशाक र पोशाकमा प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार