सभा अध्यक्षकाे दस्तखत प्रयोग भएको भन्दै एमालेको विरोध
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १८:१७:५४
४ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षता गरिरहेका सांसदको मत लिएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का प्रदेश सांसदहरुले बैठकमा विरोध जनाएका छन् ।
गएको साउन १३ मा मुख्यमन्त्री नियुक्त भएका थापाले संविधानको धारा १६८ को ४ बमोजिम प्रदेशसभा बैठकमा आज विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । ९३ सांसद रहेको प्रदेशसभामा थापाको पक्षमा ४७ र विपक्षमा ३० मात्र परेका थियो । प्रस्ताव पारित अर्थात बहुमतका लागि आवश्यक ४७ मत पुगेको भन्दै सभाका अध्यक्ष गरिरहेका कांग्रेसका सांसद स्माइल मन्सुरीले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
त्यसपछि एमालेका सांसदहरु कुर्सीबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरे । नाराबाजी र विरोधका बिच मन्सुरीले नतिजा घोषणा गरेका हुन् । एमाले र राप्रपाका सांसदहरुले प्रस्तावको विपक्षमा मत हाले थिए । एमालेसँग ४० र राप्रपासँग ६ गरी ४६ सांसद छन् । आजको बैठकमा दुई दलका गरी ९ सांसद बिदामा बसेका थिए ।
सभामुख पद रिक्त रहेकाे अवस्थामा उसभामुख सृजना दनुवार साेमबार काठमाडाैं हिँडेपछि मन्सुरीले सभाकाे अध्यक्षता गरेका हुन् । एमाले सभाध्यक्षको दस्तखतको दुरुपयोग भएको भन्दै अदालत जाने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार